Breaking News
Home / Featured / बुटवल कोरोना अस्पतालमा प्यूठानका कोरोना संक्रमीतको मृत्यु

बुटवल कोरोना अस्पतालमा प्यूठानका कोरोना संक्रमीतको मृत्यु

भैरहवा। प्रदेस ५को राजधानी बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान ज्यान गएको छ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भारतबाट रोजगार गरी घर फर्कीदा पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका उनी मधुमेय, उच्च रक्तचापका दीर्घ रोगी समेत रहेको र श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि भदौ १ गते कोरोना अस्पतालमा भर्ना भई आईसीयुमा राखी भ्यान्टीलेरटरबाट उपचार भईरहेकोमा शुक्रवार बिहान ज्यान गएको जानकारीदिए। 

उनी भारतबाट आएपछि सुरुमा प्यूठानमा नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेका थिए। ज्वरो खोकी र स्वास्प्रश्वासमा समस्या आएपछि आईसोलेसनमा राखेर उपचार गर्दा निको नभएपछि बुटवल रिफर भएर आएका थिए।

यसघटनासंगै बुटवल कोरोना अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । हाल कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा ११ जना र सामान्य आइसोलेसन वेडमा २० जनाको उपचार जारी रहेको डा. थापाले बताउनुभयो।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share