Breaking News
Home / Featured / रुपन्देहीमा कोरोनाबाट ४ जनाको मृत्यु : लकडाउन एकसाता थपीयो

रुपन्देहीमा कोरोनाबाट ४ जनाको मृत्यु : लकडाउन एकसाता थपीयो

भैरहवा। बुटवल कोराना विशेष अस्पतालमा उपचारार्थ कोरोना भाइरस संक्रमीत दुईजनाको आईतवार ज्यान गएसंगै रुपन्देही जिल्लामा कोरोनाबाट ४ जनाको अकालमै मृत्यु भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आईतवार २ जना, शनिवार १ जना र एकमहिनाअघि एकजना सहित जिल्लामा हालसम्म ४ जनाको ज्यान गएको जनाएको छ।

कोरोना अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले आईतवार दिउसो बुटवल उपमहानगरपालिका वडा नं. १ निवासी ६७ वर्षीया महिला र सम्मरीमाई गाउँपालिका वडा नं. २ मुडिलाका ३८ वर्षीय पुरुषको अस्पतालको भेन्टीलेटरमा राखेर उपचार भईरहेको अवस्थामा ज्यान गएको जानकारी दिनुभयो। पुरुष भदौ १ गते अस्पतालमा भर्ना भई २ गतेदेखि भेन्टीलेटरमा राखेको र महिलालाई भने भदौं ३ गते भेन्टीलेटरमा राखेर उपचार जारी रहेको थियो।

शनिबार पनि रोहिणी गाउँपालिकाका ५३ वर्षीय एक पुरुषको ज्यान गएको छ उनको मृत्यु पश्चात् पीसीआर परीक्षणमा कोरोना देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका वताए।

उनको मृत्यु दाहसंस्कारमा सहभागी भएका मलामीहरु एवं उनको सम्पर्कमा रहेकाहरुलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको र कन्ट्रयाक ट्रेसिङको काम थालिएको गर्ने स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक शाहले बताए।

श्वासप्रश्वासमा समस्या, दिर्घ रोगी, प्रेसर र मृगौलाको समस्या रहेको उनीहरुको ज्यान गएको अस्पतालले प्रेस विज्ञप्ति समेत जारी गरेको छ । कोरोना विशेष अस्पतालको आईसीयु वेडमा १४ जना बिरामीको उपचार भईरहेको छ।

यसैविच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौं १ गतेदेखि जारी गरेको लकडाउन आईतवार एकसाता थप गरी जिल्लाभरी भदौं १४ गते राती १२ वजेसम्मका लागि कडाईकासाथ लागु गर्ने घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खडकाले जानकारीदिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share