Breaking News
Home / Featured / रुपन्देहीमा कोरोना संक्रमीत एक पुरुषको उपचारको क्रममा मृत्यु

रुपन्देहीमा कोरोना संक्रमीत एक पुरुषको उपचारको क्रममा मृत्यु

भैंरहवा। रुपन्देही जिल्ला देवदह नगरपालिका ३ शिसपुर निवासी एक पुरुषको बृद्ध उपचारको क्रममा भलुहीस्थित देवदह मेडिकल कलेजको आईसीयुमा बिहिबार दिउसो ज्यान गएको छ।

शनिवार अस्पतालमा भर्ना भई अन्य रोगको उपचार गरीरहेका उनको मंगलवार स्वाव झिकी प्रदेस जनस्वास्थ्य प्रयोगशालामा पिसिआर प्रविधीबाट परिक्षण गर्दा कोरोना पोजेटिभ आएको रुपन्देही स्वास्थ्य कार्यालय भैरहवाका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारीदिनुभयो। 

बृद्धको मृत्युपछि उनको कन्ट्राक ट्रेसीङमा २० जनाको स्वाव संकलन गरिएको र देवदह मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई आईसोलेसनमा वस्न निर्देशन दिएको र देवदह नगरपालिकाको वडा नं. ३ स्थित सिशपुर टोल शिल गरिएको शाहले वताए।

लामो समयदेखि पक्षघात, सुगर, प्रेसरका बिरामी उनको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गरी घर फिर्ता भएका उनी घरपुग्दा स्वास्थ्यमा जटील समस्या आएपछि नजिकको देवदह मेडिकल कलेजमा भर्ना गरी उपचार भईरहेकोमा कोरोना जाच गर्दा पोजेटिभ आएको देवदह नगरपालिका स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले बताए।

देवदह नगरपालिकाका नगर प्रमुख हिरा केसीले अस्पतालका डाक्टरले मृत्यु घोषणा गरेका बृद्ध पुरुषको शव व्यवस्थापनका लागि विश्व स्वास्थ्य संगठनका रुपन्देही प्रतिनिधीको उपस्थितीमा अन्त्येष्ठीको लागि नेपाली सेनाको विशेष टोली तयार रहेको जानकारीदिनुभयो।

उनको मृत्युको खवर प्रदेस एवं जनस्वास्थ्य मन्त्रालयलाई जानकारी भएको तर सम्वन्धीत निकायले यसको आधिकारीक धारणा ततकाल आईपुगेको छैन्। यस घटनासंग रुपन्देहीमा कोरोनाबाट २ जनाको ज्यान गएको छ।

बिहिबार रुपन्देहीमा बुटवल उपमहानगरपालिकामा ८ जना, सिद्धार्थनगर नगरपालिकाका ७ जना र ओमसतिया गाऊपालिकाका २ जना सहित १७ जना कोरोना संक्रमीत थपीएका छन्।

जसमा भिम अस्पतालका रेडियोलोजिष्ट एवं बालविशेषज्ञ २ जनामा र युनिभर्सल शिक्षण अस्पतालका १ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ।

जिल्लाका विभिन्न अस्पताल एवं आईसोलेसमा २५३ को उपचार भईरहेको छ। हालसम्म रुपन्देही जिल्लामा ६९६ जना संक्रमीत पुष्टी भएका छन्।

अस्पतालका डाक्टरले मृत्यु घोषणा गरेका बृद्ध पुरुषको शव व्यवस्थापनका लागि विश्व स्वास्थ्य संगठनका रुपन्देही प्रतिनिधीको उपस्थितीमा अन्त्येष्ठीको लागि नेपाली सेनाको विशेष टोली तयार

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share