Breaking News
Home / Featured / कोरोनाको ओझेलमा भित्रियो बडादसैं

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

किशोर लामिछाने

काठमाडौँ। हिन्दु धर्मावलम्वीहरुको महान पर्व वडा दसै शनिवार घटस्थापना गरी सुरु भएको छ।

वडा दसै नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा दसैंको जमरा राखिएको छ। यस अवसरमा काठमाडौंको वसन्तपुरको दसैं घरमा विशेष पुजापाठका साथ जमरा राखिएको छ।

नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गर्दै शनिबार बिहान ११ः४६को शुभसाइतमा जमरा राखेको छ ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा राखिन्छ।

यव(जौ) अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले घटस्थापनादिन रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वानको पूजा आराधाना गर्ने चलन छ।

दुर्गा देविका विशेष एवं मुख्य तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको वढ्ता आराधाना गर्ने चलन छ।

महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतिकका रुपमा विस्वास गरी पूजाराधना गर्ने परम्परा चलि आएको छ।

देवीका नौ रुपको पूजा

बडादशैँमा विशेषगरी पहिलोदिन घटस्थापना जमरा राख्ने, सातौदिन फूलपाती भिक्राउने, आठौं दिन कालारात्री महाअष्टमी, नवौदिन महानवमीमा बलि पूजा गर्ने र दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा हुन्छ। 

वडा दसैको अवसरमा हिन्दु अस्थावान नरनारीले नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गर्दछन्।

नवरात्रभर श्रदालु भक्तजनहरुले दर्गा देवीको मुर्ती स्थापना गर्ने वा नजिकको दर्गादेवीको शक्तिपीठमा गएर वा घरको पुजा कोठामा वसेर सप्तशती चण्डी, श्रीमदभागवत र अन्य देवी स्तोत्र, स्तुति पाठ गर्छन।

विगत वर्षहरुमा वडा दसैको अवसरमा नेपालमा विशेषगरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको मेला भीड हुनथ्यो।

तर यसपाली कोरोना भाईरस कोभिड १९ को प्रभावका कारण सरकारले सामान्य ढंगले औपचारिकतामा दुर्गामन्दिरहरु पुजा पाठ गर्न निर्देशन दिएको छ।

टीकाको साइत १०ः१९ बजे उतम

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा दसै मनाउने चलन चलिआएको हो । वडा दसै प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइनेछ।

पञ्चाङ निर्णायक समितीले यसवर्षको कात्तिक १० गते विजयादशमीका दिन देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको र त्यसपछि दसैको टिका लगाउदा हुने जनाएको छ।

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने पुजारीले बताएका छन्।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गर्ने गरिन्छ।

यसवर्ष कोरोना महामारीका कारण सरकारले जो जहाँ छ त्यहीँ बसेर दसैं मनाउन र फोनबाट मान्यजन र ठूलाबडाबाट आशीर्वाद लिन सर्वसाधारणलाई आग्रह गरेको हुदा विगतको जस्तो रौनक छैन। 

WHO hand washing technique

Check Also

अख्तियारको टोली स्टिङ अपेरेसनमा : मुद्धा मिलाईदिने घुसीयाहरु पक्राऊ

अख्तियारको टोली स्टिङ अपेरेसनमा : मुद्धा मिलाईदिने घुसीयाहरु पक्राऊ, सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष नियन्त्रणमा, राजस्व अनुसन्धान अधिकृत २ लाख, खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख ८ लाख घुस, लेखा अधिकृत समेत १५ जना उपर भ्रष्टाचारको आरोपपत्र दायर...

Tweet
Share
Pin
Share