Breaking News
Home / Featured / सुरक्षागार्डको जलेर मृत्यु

सुरक्षागार्डको जलेर मृत्यु

बुटवल। रूपन्देही देवदह नगरपालिका ७ शीतलनगरस्थित राष्ट्रिय मंगर संघको क्वारेन्टाइनमा रेखदेख गर्ने सुरक्षागार्ड विपिन वस्यालको आगोले जलेर ज्यान गएको छ।

मंगलबार बिहान ३ः०० वजे पुरै शरिर जलेर घाईते भएका उनीको देवदह मेडिकलमा प्राथमीक उपचार गरी थप उपचारका लागि पाल्पा मिसन अस्पताल तानसेन लैजादै गर्दा विच बाटोमा नै निधन भएको देवदह नगरपालिकाका मेयर हिरा बहादुर कार्कीले जानकारीदिनुभयो।

मृतकको शव प्रादेसीक अस्पताल बुटवलको मुदाघरमा राखिएको छ।

देवदह नगरपालिका ५ खैरनी बजार निवासी २४ वर्षीय युवा यहि साउन १२ गतेदेखि क्वारेन्टीनको सुरक्षागार्डका रुपमा काम गर्दै आएका थिए।

उनको श्रीमती एक ४ वर्षको छोरा र आमा बुबा रहेका छन्। मृतक युवा देवदह नगरपालिका स्वास्थ्य सहायक संयोजक रामप्रसाद वस्यालका एकल छोरा हुन।

दिउसो क्वारेन्टीनका मानिससंगै सामान्य विवाद भएको र त्यसको झोकमा विपिनले राती आफैंले शरिरमा पेट्रोल छर्किएर आगो लगाएर आत्महत्या गरेको बताईन्छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले घटना राती ३ वजे भएको र युवाको निधन विहान ४ वजे भएको खवर पाएपछि थप अनुसन्धान भइरहेको र वास्तविक कारण पतालाईनसकेको जानकारीदिनुभयो।

प्रहरीले मृतकका बाबुलाई प्रहरी चौकी देवदहमा बोलाएर घटनाकोबारेमा सोधपुछ गरेको छ। एक्लो छोराको अल्पायुमा निधन भएकोमा वस्याल परिवार शोकले विछप्त छ ।

छोरोको निधनले भावविभवहल रामप्रसादले मोवाईल सम्पर्कमा छोटो कुरा भने। खै म के भन्नु, केहि थाहा छैन, एउटा मात्रै छोरा हो, ४ वर्षको नाती र बुहारी छन, सवै राम्रै थियो। घटना कसरी र किन यस्तो भयो ? केहि कारण थाहा छैन, अहिले फोन राखौं हैं हजुर।

उक्त मगर संघको क्वारेन्टाईनमा सोमवार राती ११ जना मानिस रहेका थिए। नगरपालिकाले यतिवेला विद्यालयका क्वारेन्टाईनहरु खाली गरी निमुर्लीकरण गर्दै जानुका साथे त्यहाका मानिसलाई स्थानान्तरण गरी अहिले संघ संस्था एवं समुदायका विभिन्न भवनहरु सार्ने काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारीदिनुभयो।

हाल देवदह नगरपालिकामा कोरोना पोजेटिभका एकजना बिरामी छैनन्। यतिवेला मंगर संघमा ११ जना, देवदहको सामुदायिक वनको भवनमा १० जना र नेपाल रेडक्रस देवदह उपशाखाको भवनमा २ जना गरी कुल २३ जना मानिस क्वारेन्टीनमा रहेको प्रमुख प्रशासकीय अधिकृत कंडेलले वताए।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share