Breaking News
Home / Featured / वेमौसमी वर्षाले प्रदेस ५ मा एक अर्वको ईट्टा क्षति

वेमौसमी वर्षाले प्रदेस ५ मा एक अर्वको ईट्टा क्षति

बजारमा इट्टा अभाव हुने, व्यवासायी इट्टाको मुल्य बढाउने तरखरमा

कृष्णप्रसाद ढकाल

भैरहवा। शुक्रवार परेको वेमौसमी वर्षाले प्रदेस ५मा इट्टा व्यवासायीको एक अर्व बढीको काँचो माट्टे ईट्टा गलेर क्षति भएको छ। वेमौसमी पानीले ठूलो क्षति पुराएको गुनासो गर्दै व्यवसायीले बजारमा ५० प्रतिसत इट्टा अभाव हुने र अब इट्टाको रेट बढाउनु पर्ने बाध्यता भएको चेतावनी दिएका छन्।

प्रदेस ५मा रजिष्ट्रड २ सय ७ वटा ईट्टा उद्योग संचालन रहेको र सुरु र हालको पानीले एकअर्व बढीको ईट्टा नष्ट भएको ईट्टा व्यवसायी महासंघ प्रदेस ५ का अध्यक्ष थानेश्वर घिमिरेले जानकारीदिनुभयो।नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाके, वर्दीयालगायत प्रदेस ५ का विभिन्न जिल्लामा संचालनमा रहेका ईट्टा कारखानाहरुमा पकाउन तयारी अवस्थामा राखिएका लाखौं कच्चा इट्टाहरु पानीले गलेर क्षति पुगेको व्यवासायीहरुले गुनासो गरेका छन्।

व्यवासायीमाथि परेको यस प्राकृति विपतीले व्यवासायी धरासायी हुनुका साथै बजारमा ईट्टा अभाव हुने र अर्कोतर्फ इट्टाको रेट बढाउनुपर्ने बाध्यता आएको अध्यक्ष घिमिरेले बताउनुभयो।

‘हामीले ३ वर्षदेखि ईट्टाको रेट वढाएका छैनौं। अहिले वेमौसमी वर्षाले झुकाएर विपत पारयो, व्यवासायीको ठूलो लगानी क्षति भएको र अर्कोतर्फ हरेकमा लागत बढेकाले बाध्य भएर रेट बढाउनुपर्ने अवस्थामा व्यवसायीहरु पुगेका छौं।’ ईट्टा व्यवसायी महासंघ अध्यक्ष घिमिरेले भने।

पानीले सवैभन्दा बढी रुपन्देही जिल्लामा पाठक, हिरा, गणेश, अजय, मनकामना, किसान, एमडी, आरके, एकेलगायत जिल्लाका ५० वटा इट्टा उद्योगहरुमा ठूलो क्षति पुगेको छ।

कतिपय ईट्टाहरु पकाउन भट्टीमा राख्ने अवस्थामा रहेका र कतिपय ईट्टा पारी सुकाउनेक्रममा रहेका लाखौं ईट्टाहरु पानीले क्षति भएको व्यवसायीले जनाएका छन्।

खुल्ला आकाशमुनी संचालन गरिने इट्टा उद्योग निकै जोखिमपुर्ण रहेको हुदा सरकारले ईट्टाको विमाको व्यवस्था र ईट्टा उद्योगले तिर्ने आयकरमा छुट हुनुपर्ने र भ्याट समेत मिनाहा हुनुपर्ने नेपाल ईट्टा उद्योग महासंघ प्रदेस नं. ५ का अध्यक्ष स्थानेश्वर घिमिरेले बताए।

रुपन्देही जिल्लामा मात्रै पाँच करोड बढी संख्याको काँचो ईटा गलेर क्षति भएको इट्टा व्यवासायी संघ रुपन्देहीका महासचिव अजय गुप्ताले जानकारीदिनुभयो। ५० करोड रुपैया बढीको ईट्टा रुपन्देहीका व्यवसायीले क्षति व्यहोर्नुपरेकोछ।

सवै व्यवासायी साथीहरुको भट्टामा पकाऊन तयारी अवस्थामा रहेका लाखौं काँचो ईट्टा पानीले गलेर नोक्सान भई क्षति व्यहोर्नु परेको महासचिव गुप्ताले गुनासो गर्नुभयो।

मंसिर अन्तिम र पुसमा गरि तीनपटक ठूलो वर्षा हुदा इट्टा उत्पादनमा ठूलो क्षति पुगेको र अर्कोतर्फ बजारमा ५० प्रतिसत अभाव हुने अवस्था सिर्जना भएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यकारीणी सदस्य एवं ईट्टा उद्योग संचालक गोविन्द ज्ञवालीले बताए।

घर खेत वन्दक राखेर उद्योगीले पुजी जुटाउछन, अचाक आइृपर्ने यस्ता समस्याले लगानी गरेको पूजी समेत ढुवी संकट आईलागेको गणेश ईट्टा उद्योग संचालक नरेश आश्वानीले गुनासो गर्नुभयो।

उद्योगमा यति ठूलो नोक्सानी हुदा यसवर्ष जिल्लामा ईट्टा अभाव हुनुका साथै महंगो हुने संभावना देखिने प्रवल देखिन्छ। जिल्लामा क्षतिको थप विवरण संकलनको कार्यसमेत जारी रहेको उद्योगका महासचिव गुप्ताले बताए।

यसैगरी कपिलवस्तुमा पनि ५० करोड बढीको क्षति पुगेको ईट्टा उद्योग व्यवासायी महासंघका केन्द्रिय उपाध्यक्ष सफर मियाले जानकारीदिनुभयो।

वर्षाले चिसो हवातै बढेका कारण यसक्षेत्रको जनजीवन समेत प्रभावित भएको छ। स्वास्थ्य संस्थाहरुमा चिसोका विरामीहरुको चाप वढेको छ।

अर्कोतर्फ मौसम खरावीका कारण यसक्षेत्रमा हवाई सेवा समेत प्रभावित भएको गौतम बुद्ध विमानस्थलका कर्मचारीले बताए। गौतम बुद्ध विमानस्थलमा रहेको जल बायु तथा मौसम शाखाका प्रमुख राजेश झाले भैरहवामा शुक्रवार एकसय मिलिमिटर वर्षा रकेर्ड भएको जानकारीदिए।

अर्कोतर्फ यसपानीले हिउदे गहुँवाली, तोरी दलहन, अडर खेती एवं फलफूल विरुवालाई भन्ने धेरै फाईदा पुराएको किसानले बताएका छन्।

वर्षा, शितलहर, तुसारोले टमाटर, आलु तरकारी खेतीलाई भन्ने नोक्सान पुराएको नेपाल किसान संघका केन्द्रिय सदस्य चतुर्भजमणी त्रिपाठीले जानकारीदिनुभयो।

WHO hand washing technique

Check Also

शिखर सहकारी नयाढंगले चल्ने तयारीमा

बैंकका पूर्व कर्मचारीहरु, उद्योग व्यवसायमा संलग्न प्रतिष्ठीत नागरिक अगुवा समाजसेवीहरु संलग्न शिखर सहकारी संस्थामा समावेशी र लैगिक समानता देखिन्छ। शेयर सदस्यको संख्या बढाउन भन्दा पुजी वृद्धि गरी गुणात्मकढंगले सर्वसुलभ सेवा प्रवाह गर्दै संस्था अगाडी

Tweet
Share
Pin
Share