Breaking News
Home / Featured / कपिलवस्तु अस्पतालभित्र कोरोना फैलियो

कपिलवस्तु अस्पतालभित्र कोरोना फैलियो

अस्पतालका ३ चिकित्सकसहित १८ जना संक्रमीत : अस्पताल शिल

तौलिहवा। कपिलवस्तु अस्पतालमा कार्यरत ३ चिकित्सक सहित १८ जनामा कोरोना भाइरस पोजेटिभ देखाएपछि कपिलवस्तु कोरोनाको हटस्पट बनेको छ। कपिलवस्तु सदरमुकाम तौलिहवाका एकजना व्यापारी कोरोनाबाट बुधवार बिहानपख ज्यान गएको छ।

समुदायस्तरमा कोरोना फैलिएसंगै कपिलवस्तु जिल्ला एकसाताका लागि पुनः लकडाउन गरीएको र कपिलवस्तु अस्पताल समेत शिल गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाण्डेयले जानकारीदिनुभयो। 

साउन २५ गते अस्पतालका ५ जनामा कोरोना देखिएपछि फैलिएको हो। स्वास्थ्यकर्मीहरुसंगको कन्ट्रयाक ट्रेसिङमा रहेका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य ९१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको प्रदेस जनस्वास्थ्य प्रायोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारीदिनुभयो।

अस्पतालको बहिरंग विभाग (ओपीडी) प्रयोगशाला (ल्याव), ईन्डोर नर्सिङ र आकस्मिक कक्षका कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ।

यसैगरी अस्पतालको काउन्टर र प्रशासन फाँटका कर्मचारीमा पनि कोरोना देखिएको छ। साउन २६ गते ९१ जनासंग लिएको स्वाव संकलनको नमूनामध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको, १८ जनाको पोजेटिभ र १३ जनाको रिपोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कपिलवस्तु जिल्लामा अहिलेसम्म ८ सयजना पुरुष र एकसय १ जना महिलासहित ९ सय १ जना कोरोना संक्रमीत पहिचान भएका छन् । जसमध्ये एकजनाको ज्यान गईसकेको छ।

WHO hand washing technique

Check Also

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Tweet
Share
Pin
Share