Breaking News
Home / Featured / कोरोना भाइरसको प्रभाव : भारतद्धारा नेपाल सिमा दसगजामा शिविर खडा

कोरोना भाइरसको प्रभाव : भारतद्धारा नेपाल सिमा दसगजामा शिविर खडा

कृष्णप्रसाद ढकाल

भैरहवा। कोरोना भाइरसले चीनलाई प्रभावित गर्न थालेसगै भारतले नेपाल भारत सीमा क्षेत्र सुनौली नाकाको दसगजामा शिविर खडा गरी विदेसी पर्यटकको स्वास्थ्य चेकजाच गर्न थालेकोछ।

सिमास्थित आदर्शनगर पंचायत सुनौलीले दसगजा क्षेत्रमा नै टेन्ट खडा गरी नेपालबाट भारत प्रवेश गर्ने पर्यटकहरुको स्वास्थ्य चेकजाच गर्न थालेको हो। शंकास्पद देखिएका विरामीहरुलाई महाराजगंज जिल्ला अस्पतालमा पठाएर थप चेक एवं अनुसन्धान गर्ने व्यवस्था मिलाएको नगर पंचायत अध्यक्ष प्रतिनिधी सुधिर त्रिपाठीले जानकारीदिनुभयो।

नेपाल वेलहिया नाकाबाट बुधवार प्रवेश गर्दै गरेका पर्यटक ।

भारतले चिन, जापान, सिंगापुर, थाईल्याण्ड, कोरिया र इटलीका नागरिकलाई विशेष निगरानी गर्दै सिमाक्षेत्रमा विशेष निगरानी बढाएको छ। इमिग्रैसन अफिस र सिमानाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। पर्यटकको पार्सपोर्ट हेर्दै, उनीहरुको स्वास्थय अवस्थाबारे सोधखोजी गरिरहेको शिविरमा खटिएका स्वास्थ्यकर्मीले वताए।

एक हप्तादेखि कुनै रुघा खोकी, घाटीमा खस खस हुने, स्वास्प्रश्वासमा समस्या, ज्वरो आए नआएको कुरा सोधखोज एवं जेकजाच भईरहेको र शकास्पद देखिएका विरामीलाई विशेष परिक्षणपछि मात्रै अवस्था बुझेर छोड्ने कार्य भएको उनले वताए।मंगलबारबाट शिविर खडा गरिएको र बुधबार साझसम्म २४ जना शंकास्पद चीनिया, थाईल्याण्डका पर्यटकको स्वास्थ्य जाच गरि स्वदेशी फिर्ता पठाएको स्वास्थयकर्मीले वताए।

छिमेकी देश चीन र भारतमा कोरोना भाईरसको चेकजाच शिविर खडा हुदा रुपन्देही कपिलवस्तु नलवपरसी, बाके लगायत प्रदेश ५का सिमानाकाका अधिकारीहरुले त्यस रोग विरुद्ध कुनै जनचेतना एव विशेष सर्तकताका कार्यक्रमहरु थालेका छैनन।

नेपाल भारत सुनौलीस्थित सिमानाका दसगजामा कोरोना भाईरसबारे सतर्कता अपनाउदैं पर्यटकको स्वास्थ्य चेकजाचमा खटिएको शिविर ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share