Breaking News
Home / Featured / हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

५ नं. प्रदेस सभाको छैंटौं अधिवेशनको एकतिसौं बैंठक प्रदेसको नाम लुम्विनी र राजधानी बुटवल कायम गर्ने की दाङ देऊखरीमा राख्ने विषयमा मतदानमा सहभागी सभासदहरु

कृष्णप्रसाद ढकाल

बुटवल। सतापक्ष र प्रतिपक्ष सांसदको रसाकसी एवं विवादका बाबजुद प्रदेश ५ को नामाकारण र प्रदेसको स्थायी राजधानी तोक्ने काम प्रदेससभाको बैंठकले बहुमतीय प्रणालीबाट मंगलबार टुंगो लगाएको छ।

५ नं. प्रदेस सभाको छैंटौं अधिवेशनको एकतिसौं बैंठकले मंगलबार प्रदेसको नाम लुम्विनी राख्न सर्वसहमत निर्णय गरेको छ भने प्रदेसको राजधानी मतदानको प्रक्रियाबाट बहुमतले दाङ जिल्लाको राप्ती उपत्यका देउखुरी क्षेत्रमा प्रशासनिक राजधानी तोकेर निर्माण कार्य अगाडी बढाउने निर्णय गरेको छ।

सरकारले राजधानी सार्ने  

ततकालिन नेपाली काग्रेस नेतृत्वको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले तोकेको ७ वटैं प्रदेसका अस्थायी राजधानीहरु मध्ये प्रदेस ५ सरकारले मात्रै राजधानी सार्ने निर्णय पारित गरेको छ। तर लुम्विनी प्रदेस सरकारको हाल देउखुरीमा कुनैपनि किसिमको भौतिक संरचना नभएकाले बुटवलबाट सर्न केहि वर्ष लाग्ने देखिन्छ।

देऊखुरीमा सरकारका संरचनाहरु निर्माण नहुदासम्म बुटवलबाट प्रदेस सरकारको मुख्यमन्त्रीको कार्यालय, प्रदेस सरकारका मन्त्रालयहरु, प्रदेससभा, प्रदेस सचिवको कार्यालयहरु नसर्ने प्रदेस सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारीदिनुभयो।

देउखुरी प्रदेशको स्थायी राजधानी

प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले शुक्रवार प्रदेससभामा प्रदेसको नामाकरण लुम्विनी र दाङको राप्ती गाउँपालिका एवं गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदिले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव पेस गरेका थिए।

प्रदेसमा ठुलो हलचल : प्रदेससभाका सदस्यले कुर्ची उचालेर पछारे

सरकारले एकासी ल्याएको उक्त प्रस्तावसंगै प्रदेसमा ठुलो हलचल मचिएको थियो। प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेससभाका सदस्यहरुलाई गुमराहमा पारी विशेष समिती, प्राविधीक तथा विज्ञहरुले दिएको रायसुझाव एवं प्रतिवेदन र नागरिकको भावनालाई वेवास्ता गरेको भन्दै सोमवार प्रदेससभा बैंठकमा विरोध प्रर्दशन गर्नुका साथै कुर्ची टेवल उचालेर पछारेका थिए।

लुम्विनी अंचलका सभासदहरुको विमती

लुम्विनी अंचलका विभिन्न जिल्लाको प्रतिनिधित्व सभासदहरुले सरकारको उक्त राजधानीको केन्द्र तोक्ने प्रस्तावमाथि विमती जनाएका थिए।

सतापक्ष पार्टी नेकपाले हुईप जारी गरेपछि दुईतिहाई बहुमतले प्रदेसको राजधानी बुटवलबाट दाङ देऊखुरी सर्ने निर्णयमा मतदान गरेका थिए।

प्रदेस नं. ५ को प्रदेससभामा सभामुख पुर्णप्रसाद घर्ती मगर सहित कुल ८७ जना सदस्य रहेका छन्।

राप्ती–भेरी भर्सेस लुम्विनी सभासद

जसमध्ये मंगलवार प्रदेश सभामा उपस्थित ८२ जना सभासदमध्ये राजधानी दाङ सार्ने पक्षमा ६९ मत र विपक्षमा बुटवल पायकका १३ जना सभासद खडा भएका थिए। प्रदेससभामा सभामुखले राखेको प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव भने सर्वसहमतीबाट पारित भएको नेपाली काँग्रेस संसदिय दलका नेता विरेन्द्र कुमार कनौडियाले जानकारीदिनुभयो।

पश्चिमका जनतामा खुशीयाली, पुर्वेलीले कालो दिन मनाउने

प्रदेसको राजधानी देउखुरीमा राख्ने प्रदेससभाको निर्णयप्रति साविक राप्ती र भेरी अंचलभित्रका विभिन्न जिल्लाका स्थानियले स्वागत गर्दै खुशीयाली गरेका छन्।
यता लुम्विनी अंचलका नागरिकले यसलाई कालो दिनका रुपमा लिने वताएका छन्।

प्रशासनिक राजधानी देउखुरीमा

रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय र सांस्कृतिक राजधानी

मुख्यमन्त्री पोखरेलले बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको हुदा यसमा लुम्विनीवासीले मन दुखाउन नहुने बताएका थिए।

सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय र सांस्कृतिक राजधानीका रुपमा अगाडि बढाउने निर्णय गरेको प्रदेससभामा जानकारीदिए।

बुटवल–भैरहवा वितिय राजधानी वनाउने

यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने र नवलपरासीको सुस्तामा वन्दरगाहा बनाएर भारत कलकतादेखिको सामान परासी हुदैं सवै जिल्लामा पुराउने योजनाको अध्ययन भईरहेको मुख्यमन्त्रीले बताए।

मंगलबार प्रदेस मन्त्री परिषदे गरेको उक्त निर्णयलाई मुख्यमन्त्रीले प्रदेससभाको संवोधनमा सार्वजनिक गरेका हुन।

राजधानीमा अर्बौं खर्च असान्दभिक

प्रदेशसभा बैंठकमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले गाउँपालिका र वडाको संरचना बनाउन नसकेको र अर्कोतर्फ कोरोना महामारीका कारण अर्थतन्त्र धराशायी भएको अवस्थामा राजधानीमा अर्बौं खर्च गर्ने असान्दभिक नभएको बताए। 

को बोल्न पायोे ?

प्रदेससभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, नेपाली काग्रेस सचेतक निर्माला क्षेत्री, रमा अर्याल, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव, उपनेता सन्तोष पाण्डेय, सभासद कल्पना पाण्डेलगायतले संक्षिप्तमा आआफनो धारणा राखेका थिए।

नेकपाबाट राजीनामा

बुटवलबाट राजधानी सरकोमा विमती जनाउदैं यसक्षेत्रका विभिन्न ३५ वटा पेशागत संघसंस्थाहरुमा आवद्ध २ हजार २ सय ४९ जनाले नेकपाबाट राजीनामा दिने घोषणा गरेका छन्। 

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share