Breaking News
Home / Featured / बुटवलमा कपिलवस्तुका कोरोना संक्रमीतको मृत्यु

बुटवलमा कपिलवस्तुका कोरोना संक्रमीतको मृत्यु

भैरहवा। प्रदेस ५को राजधानी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एकजना कोरोना भाइरस संक्रमीतको ज्यान गएको छ।

अस्पतालका कोरोना फोकल पर्सन एवं मेडिसिन डिपार्टमेन्ट प्रमुख डा. सुदर्शन थापाले मृतक व्यक्ति कपिलवस्तु जिल्ला मायादेवी गाऊपालिका वडा नं. ७ का ४२ वर्षीय पुरुष भएको र उनी साउन २९ गते अस्पतालमा भर्ना भई उपचारकैं क्रममा शनिवार विहान ज्यान गएको जानकारीदिनुभयो।

निमोनियाका विरामी उनको २९ गते स्वाब परीक्षणका लागि पठाएको रिपोर्टको नतिजा प्रस्ट नआएकाले पुनः पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा. थापाले बताए। शनिबार बिहान जीन एक्सपर्ट मेसीनले जाँच गर्दा उनीमा कोरोना देखिएको छ।

कोरोना अस्पतालमा ६ जनाको आईसियुमा र लुम्बिनी प्रादेशिक अस्पतालमा अन्य ४ जना कोरोनाका संक्रिय विरामीको सआइसोलेसनमा उपचार भईरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट राजेन्द्र खनालले जानकारीदिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share