कृष्णप्रसाद ढकाल
भैरहवा । लुम्विनी प्रादेशीक अस्पतालले बुटवलमा कार्यरत ५ जना डाक्टरलाई सेवाबाट वर्खास्त गरिएको छ ।
प्रदेस ५ सरकारको सामाजिक विकास मन्त्रालयले निर्देशन अनुसार अस्पताल प्रशासनले अस्पतालको आकस्मीक विभागमा कार्यरत डा. प्रकृति कार्की, रेडियोलोजिष्ट विभागमा कार्यरत डा. बरदान वली, डा. ताराप्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र इएनटी विभागमा कार्यरत डा. प्रकाश न्यौपानेलाई सेवाबाट हटाएको हो ।
डाक्टर नियमित हाजिर नभई दुई हप्तादेखि सम्पर्क विहिन भई वेपता भएको, अस्पताल प्रशासनलाई कुनै जानकारी नदिएको, मोवाईल फोन सम्पर्क विच्छेद गरेको, नियमित रुपमा अस्पताल हाजिर नभएका त्यस्ता डाक्टरहरुलाई सामाजिक विकास मन्त्रालयले सेवाबाट हटाउनु भन्ने निर्देशन दिएको हुदा उनीहरु सेवाबाट हटाईएको प्रादेशीक अस्पतालका प्रशासकीय अधिकृत विपिन क्षेत्रीले वताउनु भयो ।
नेपालमा पनि विदेसबाट आएका व्यक्तिमा कोरोना भाईरस देखिएपछि नेपाल सरकारले चैत ११ गतेदेखि देसभर लकडाउन घोषणा गरेसंगै ती डाक्टरहरु पनि अस्पतालमा जान छोडी सम्पर्क विहिन भएको अस्पतालका कर्मचारीले बताए ।
वर्तमान विषम परिस्थितीमा डाक्टर काममा नआएपछि अस्पतालको सेवा प्रवाहमा समेत प्रभाव परेको मेडिकल सुपरीटेन्डेन्ट डा राजेन्द्र प्रसाद खनालले बताउनुभयो । अस्पतालले दैनिक रुपमा प्रदान गरेको सेवा एव स्वास्थ्यकर्मीहरुको काम विवरण सामाजिक मन्त्रालयलाई जानकारी दिदैआएकोमा ती डाक्टरहरु धेरैदिनसम्म अस्पतालमा आएको नदेखिदा मन्त्रालयले सेवाबाट हटाउने निर्देशन भएबमोजम पत्र काटिएको मेडिकल सुपरीटेन्डेन्टले जानकारीदिनुभयो ।
ती पाच जना डाक्टरहरुले ज्यालादार करारमा अस्पतालमा काम गरिरहेका थिए । उनीहरुको सेवा सुविधा नेपाल सरकारको नियमानुसार र अस्पताल विकास समितीको नियम अनुसार काम गरे अनुसार ओभर टाईमको रकम लिदै आएका थिए । अस्पतालमा स्वास्थ्यकर्मी चिकित्सक, कर्मचारीको अभावलाई ततकाल पुर्ती गर्नका लागि अस्थायी एवं स्थायीको व्यववस्था नहुदासम्म मेडिकल सुपरीटेन्डेन्टले एकमहिनासम्म र अस्पताल विकास समितीले आवश्यकतालाई मध्यनजर गरी ३ महिना ६ महिनासम्म करारमा नियुक्त गर्नसक्ने नियम छ ।
यसैविच चैत ४ गते अस्पतालले ती चिकित्सकका लगायतत अन्य विभिन्न पदहरुमा पुनः करारमा पदपुर्ती गर्न सूचना जारी गरेको छ । लकडाउनका कारण सूचनाको म्याद थप गरी पुन प्रकाशीत गरी चैत ३० गतेसम्मका लागि दरखास्त दिने म्याद तोकीयको छ ।
आफनो सेवा करारको म्याद पनि सकिएको र थपीएको जानकारी पत्र नपाएको हुदा अस्पताल नगई स्वच्छीक रुपमा छोडेको रेडियोलोजि विभागमा कार्यरत डा. वरदान वलीले बताउनुभयो । वास्तविकता नवुझी अर्काको मानमर्दन हुनेगरी अर्नगल प्रचारबाजीमा लाग्ने काम कसैले पनि गर्न नहुने उनले गुनासो गरे ।