Breaking News
Home / Featured / म्याद सकियो, काम रहयो

म्याद सकियो, काम रहयो

राष्ट्रिय गौरवको आयोजना भैरहवा–लुम्विनी–तौलिहवा सडक विस्तार अभियान

कृष्णप्रसाद ढकाल

भैरहवा। राष्ट्रिय गौरवको आयोजना भैरहवा–लुम्विनी–तौलिहवा सडकको भारतीय निर्माण कम्पनी गावर कन्ट्रसन लिमिटेडले कोभिड १९ प्रभाव र प्राविधिक समस्या दर्साउदैं थप ८ महिनाको म्याद मागेको छ।

संझौता बमोजिम गावर कन्ट्रकसनले अप्रिल ३० सम्ममा निर्माणको कार्य सम्पन्न गरि नेपाली पक्षलाई हस्तान्तरण गरिसक्नुपर्ने म्याद सकिएको २ महिना पुग्न थालेको छ। तर हालसम्म ६८ प्रतिसत मात्रै काम पुरा भएको सडक योजनाका अधिकारीहरुले जानकारीदिएका छन्।

भैरहवादेखि तौलिहवासम्म ४१ किलोमिटर सडक ३ खण्डमा विस्तार भईरहेको छ। भैरहवा बुद्धचौकदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि बुद्धजन्मस्थल लुम्विनीसम्म ४ लेन र लुम्विनीदेखि तौलिहवासम्म २ लेनको सडक निर्माणको अभियान जारी छ। सडक विस्तारकाक्रममा माटो र सववेसको काम पुरा भएको सासेक परियोजनाका प्रमुख इन्जिनियर प्रदीप शाक्यले बताउनुभयो।

भैरहवा बुद्धचौकदेखि विमानस्थल ३६०० मिटर ६ लेन बनाईदैछ। यसैगरी विमानस्थल मायादेवी चौकदेखि लुम्विनीसम्म १४ किलोमिटर ५ सय मिटर चारलेनको ट्रयाक तयार गरी वेसको काम हुदैछ। लुम्विनीदेखि तौलिहवा जमुवार पुलसम्म २३ किलोमिटर डवल लेनमा सववेसको काम पुरा भईसकेको छ।

सडकमा २० एमएमको छरी राखेर सबवेस तयार पारिएको छ। त्यसमाथि १० एमएमको जिराले कालोपत्रे गर्ने योजना यतिवेला मुनसुनी वर्षा सुरुहुदा काम रोकिएको छ।

यतिवेला लकडाउन र वर्षाले काममा समस्या आएको निर्माण कम्पनीका मुख्य प्रतिनिधी पवन पिडिले जानकारीदिनुभयो। सडकको काम तिव्रगतिमा अगाडी बढेको र ६ महिनामा गर्ने काम ३ महिनामा गर्नसकिन्थ्यो तर यसविचमा कोभिड १९ को असरले लकडाउन हुदा सोचे अनुसार काम गर्न नसकेको उनले बताए।

सडक कालोपत्रे गर्ने, सडकको विचमा ग्रिनरी गर्ने, डिभाईडर राख्ने, पेन्ट गर्ने, वेरियर राख्ने र सडक सुन्दरीकरणको सवै काम हुन बाँकी छ । बर्षामा कालोपत्रको काम रोकीएपनि सडक ग्रिनरीको काम चालु रहने पिडिले बताए । बृक्षारोपण, फूल र धुवो सार्ने काम हुनेछ।

कहिले मजदुरको समस्या त्यसमाथि वेलावखतमा कच्चा पदार्थको अभाव र प्राविधीक समस्याका कारण काममा ढिलाई हुन गएको निर्माण कम्पनीको गुनासो छ। ठेक्का संझौता अप्रिल ३० तारिखमा सकिएकोले निर्माण कम्पनीले अझै ८ महिना म्याद थप मागेर यसवर्षको ३० डिसेम्वरसम्म सडकको काम पुरागरिसक्ने आश्वासन दिएको छ।

सुरुमा एक अर्व ९३ करोड रुपैयामा टेन्डर स्विकृत भई काम थालेको र पछि काम थप गरी २ अर्व १६ करोड रुपैया पुराएको छ। हालसम्म भारतीय ठेकेदारले सडकको ६८ प्रतिसत काम पुरा गरेको र एक अर्व रुपैया भुक्तानी लिईसकेको छ।

यसैविच गावर कन्ट्रसनले नै जमुवार पुल समेत बनाउने जिम्मेवारी पाएको छ। भैरहवा तौलिहवा सडक खण्डमा रहेका ठूला पुलहरु हुलाकी सडक आयोजना अनुसार निर्माण थालिएको र निर्माण कम्पनी कालो सूचिमा परेका कारण यतिवेला अलपत्र अवस्थामा रहेका छन्।

सडक विस्तारसंगै पुलको क्षेत्रमा नया पुल निर्माणका लागि सासेक परियोजना र एडिवि विच छलफल जारी रहेको र समझदारी हुने अपेक्षा गरिएको छ। थप्नुपर्ने पुलहरुको प्रारम्भीक सर्भेको कार्य पुरा भईसकेकोले एडिविसंगको समझदारीपछि निर्माणको अभियानमा थालिने परियोजना प्रमुख शाक्यले जानकारीदिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share