Breaking News
Home / Featured / लुम्विनी प्रदेसको राजधानी रुपन्देहीबाट नसार्न चेतावनी दिदै प्रतिपक्षी सांसदद्धारा कुर्ची उच्चालेर पछारे

लुम्विनी प्रदेसको राजधानी रुपन्देहीबाट नसार्न चेतावनी दिदै प्रतिपक्षी सांसदद्धारा कुर्ची उच्चालेर पछारे

बुटवल। नेपाली काँग्रेस निकट सभासदहरुले सोमवार अपरान्ह प्रदेस नं. ५ प्रदेससभा भवनका कुर्ची टेवल उच्चालेर पछारेका छन्।

प्रदेसभाबाट गठीत विशेष समितीको प्रतिवेदन सार्वजनिक नगरी तानासाही शैलीमा प्रदेसको राजधानी रुपन्देही बुटवलबाट दाङ देउखुरी सार्ने प्रस्ताव अगाडी ल्याएर पास गर्नखोजेको आक्रोशमा असन्तुष्ट सासंदले प्रदेससभाहल भित्रका कुर्चीटेवल तोडफोड गरेका हुन।

सुरुदेखि नै प्रदेस ५ को नाम र राजधानीका विषयमा विवाद देखिएपछि प्रदेस सभामा विशेष समिती गठन भएको थियो।

सो समितीले प्रदेसका १२ वटैं जिल्लाका सराकोरवाला विभिन्न संस्था एवं आमनागरिक समुदायसंग रायसल्लाह सुझाव लिएर आएको उक्त जनभावनाको प्रतिवेदनलाई प्रदेससभामा सार्वजनिक नगरी प्रदेस सरकारले भिटोबाट नाम र राजधानी टुंगाउन खोजेमा काग्रेस लगायत अन्यसाथीहरुको विमती रहेको नेपाली काँग्रेस संसदीय दलका नेता विरेन्द्र कुमार कनौडियाले जानकारीदिए।

एकलौटीढंगले सभामुख पुर्ण बहादुर घर्ती मगरले काग्रेसका सभासदहरुको विमती एवं नारावाजीका वावजुद प्रदेससभाको बैंठक अगाडी बढाएपछि प्रदेससभामा होहोल्ला बढेको र निर्धारित समय भन्दा ढिलो सुरु भएको र त्यसमा पनि विचमै केहि समय स्थगीत भएको थियो।

तर सभामुखले दिउसो बैंठक सुचारु गरी नेकपा, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदलाई विशेष समय दिएर बोल्न लगाएपछि काग्रेसका सभासदहरुले उठेर विरोध नारावाजी गरिरहेका थिए।

नारावाजीका विचमा विषेश समयमा अन्य सासंद बोल्नेक्रम जारी रहेपछि काँग्रेसका सभासदहरुले आफू बस्ने कुर्ची उटाएर टेवलमा पछारेका थिए।

विशेषसमयमा नेकपा सांसद विष्णु पन्थी, समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले प्रदेसको नाम लुम्विनीका विषयमा विपती नरहेको तर प्रदेसको राजधानी कपिलवस्तु राख्दा धेरै राम्रो र सर्वमान्य हुने वताएका थिए।

नेकपा सभासद भोजप्रसाद श्रेष्ठले प्रदेसको राजधानी रुपन्देहीमा हुनुपर्ने जिकीर लिएपछि सभामुखले उनलार्ई बोल्ने समय छोटाईदिएका थिए।

प्रदेससभामा नेकपाका ६१ जना, नेपाली काग्रेसका १९ जना, जनाता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सहित ८७ जना सासंद छन्।

बहुमतीय प्रणलीमा गए प्रस्ताव पास गराउन ५८ मत आवश्यक पर्छ।

प्रदेससभा बैंठक कक्षमा कुर्ची टेवुल ततोडफोड र नारावाजी होहोलाका विच सोमवारको प्रदेससभा बैंठक स्थगीत गरी सभामुख घर्तीमगरले बैंठक भोलि मंगलवार २० गते १२ वजेकालागि तोकेका छन्।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share