Breaking News
Home / Featured / लकडाउनमा किसान रोपाईमा व्यस्त

लकडाउनमा किसान रोपाईमा व्यस्त

 

भैंरहवा। कोरोना भाईरस संक्रमणको उच्च जोखिममा पनि विगतका वर्षहरुमाभन्दा चालुवर्ष यस क्षेत्रका किसानले सहज रुपमा रासायनिक मल पाएकोमा खुशी हुदै धान रोपाईमा लागेका छन्।
कोभिड १९ का कारण सरकारले लकडाउन गरेका कारण यतिवेला बजारमा अवैध रुपमा आउने भारतीय कमसल रासायनिक मल भन्दा सरकारी अनुदानको गुणस्तरीय मलप्रति किसानको आकर्षण बढेको छ।

सरकारले चालुवर्ष ९ अर्व रुपैयाको अनुदानको मल खरिद गर्न कृषि सामाग्री कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनलाई जिम्मा दिएको छ। सरकारले सुरुमा चालु वर्ष साढेसातलाख मेट्रिक टन रासायनिक मल खरिदको प्रक्रिया चाली आयत गरिरहेको छ।

यसैविच युवा एवं प्रष्ट वक्ता घनश्याम भूसाल कृषि मन्त्री भएपछि किसानले मल पाईन भन्ने गुनासो सुन्न नपरोसभन्दै अर्थ मन्त्रालयबाट पुनः २ अर्व रुपैया निकासा गरी मल खरिदको पक्रिया अगाडी बढाई किसानलाई अनुदानमा मल वितरण गर्ने कार्य भईरहेको कृषि सामाग्री कम्पनीले जनाएको छ।

सरकारले अनुदानमा मल खरिद गरी किसानलाई वितण गर्नका लागि कृषि सामाग्रीलाई ७० प्रतिशत र साल्ट टे«डिङलाई ३० प्रतिशत रकम उपलव्ध गराउने निर्णय गरेको छ। कृषि सामाग्रीले ७७ वटै जिल्लामा उपलव्ध गराउदै आएको छ भने साल्ट ट्रेडिङले रासायनिक मल धेरै माग एवं खपत भएको क्षेत्र तराईलगायतका सिमित जिल्लाहरुमा उपलव्ध गराउदै आएको छ।

साल्ट ट्रेडिङले खरिद गरेको मल लिदा पोटास पनि अनिवार्य रुपमा लिनैपर्ने बाध्यकारी बनाएको किसानले आरोप लगाएका छन्। यसले गर्दा नचाहदा नचाहदैपनि साल्ट ट्रेडिङको मल किन्दा आर्थिक भार थपीएको रुपन्देही गोनहियाका किसान राम बहादुर क्षेत्रीले गुनासो गरे।

सामना गर्दै कृषि सामाग्री कम्पनी लिमिटेडले किसानलाई सहज रुपमा रासायनिक मल उपलव्ध गराएको दावी गरेको छ।

कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालय भैरहवाले चालु वर्ष ५५ हजार २३८ मेट्रिक टन खाध विक्री गरी एक अर्व ६२ करोड २ लाख ९६ हजार रुपैयाको कारोवार गरीसकेको सूचना अधिकारी गणेश प्रसाद घिमिरेले जानकारीदिनुभयो।

यस प्रादेशीक कार्यालयले प्रदेस ५का साथै माग र आवश्यकता अनुसार गण्डकी प्रदेस, कर्णाली प्रदेस र सुदुर पश्चिम प्रदेसमा पनि रासायनिक मल पठाउने गरेको छ।

कृषि सामाग्रीको प्रदेसभित्र भैरहवा, परासी, कपिलवस्तुको बहादुरगंज, तौलिहवा, दाङको घोराही, लमही, तुल्सीपुर, नेपालगंज, गुलरियामा बिक्री केन्द्र एवं गोदाम रहेको छ। सहकारी मार्फत किसानलाई अनुदानको सस्तो रासायनिक मल उपलव्ध गराउदैं आएको छ।

यसैगरी कम्पनीले भैरहवा गोदामबाट स्याङजा, पोखरा, भरतपुर कावासोती, पाल्पा, गुल्मी, अर्घाखाँची, सूर्खेत, धनगढी महेन्द्रनगर र डोटीमा समेत मलखाध पठाईरहेको छ।

सूचना अधिकारी घिमिरेले गतवर्ष यसक्षेत्रमा युरिया ३५ हजार ८७ मेट्रिक टन, डिएपी २१ हजार ७ सय ९९ र पोटास ८ सय ८७ मेट्रिक टन सहित कुल ५७ हजार ७ सय ७३ मेट्रिक टन रासायनिक मल आएको जानकारीदिनुभयो।

कोभिड १९को प्रभाव र लकडाउनका कारण यसवर्ष किसान भारतमा मलखाध लिन गएका छैनन। लकडाउन एवं विषम परिसिथतीका बाबुजुद पनि आफूहरु किसानलाई सहज रुपमा मलखाध उपलव्ध गराउने कार्यमा निरन्तर खटिएको कृषि सामाग्री कम्पनी लिमिटेड प्रदेस नं. ५ प्रादेशीक कार्यालय भैरहवाका प्रमुख अजय कुमार श्रीवास्तवले बताउनुभयो।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share