Breaking News
Home / Featured / चर्चीत अभिनेत्री मनिषाले भारत छोडिन

चर्चीत अभिनेत्री मनिषाले भारत छोडिन

भैरहवा। भारतीय चलचित्रमा सर्वोउत्कृष्ट कला प्रदर्शनगरी ख्याती कमाएकी नेपालकी पुत्री अभिनेत्री मनिषा कोइरालाले भारत छोडेकी छन् । मंगलबार उनी स्थलमार्ग हुदै आफनो नीजि सवारी साधनबाट भैरहवा (बेलहिया) नाकाबाट नेपाल स्वदेश छिरेकी छन्।

भारतले नेपालको सिमा अतिक्रमणप्रति मनभित्रै चित दुखाएकी मनिषाले नेपाल सरकारले लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि खुलेरै सामाजिक संजाल टुईटरबाट स्वदेसप्रति मायाभाव दर्साएकी थिईन।

उनको प्रतिक्रिया लिएर केहि भारतीय संचारमाध्यमले गाली वेईज्यति गर्ने र विवादमा तानेका थिए।
बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश नेपाल फर्केको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारीदिएका छन्।

उनको साथमा बुबा र आमासँगै छन्। सिमानामा उनीलाई नेपाली सेनाको टोलीले पिकअप गरेका थिए। उनीलाई होटलमा क्वारेन्टाईनमा बस्ने व्यवस्था गर्ने तयारी भइरहेको छ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share