Breaking News
Home / Featured / भारतलाई खवरदारी गर्दै नेपाली भूमीको नक्सा सार्वजनिक

भारतलाई खवरदारी गर्दै नेपाली भूमीको नक्सा सार्वजनिक

काठमाण्डौं। नेपालको भूमीलाई भारतले अतिक्रमण गर्दै गर्दा अलमलमा परेको सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पुनः स्वीकृत गरेको छ।

ग्रेटर नेपाल पछि सुगौली सन्धीमा खुम्चीएको नेपालको भुमीलाई भारतले पुनः छलकपट गर्दै लिपुलेक, कालापानी, लिम्पियाधुरालाई हडप्न खोजेपछि नेपालमा भारत र केपी ओली सरकारको चौतर्फी रुपमा चर्कौ विरोध भएको थियो।

यसैविच नेपाल सरकार भूमी व्यवस्था मन्त्रालयले तीनवर्ष पहिले तयार भएको नेपालको नक्सालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको हो । मन्त्रिपरिषद्ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको हो।

आईतबार मन्त्रिपरिषद्को बैठकमा भूमि व्यवस्था मन्त्री पदमा अर्यालले भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरिएको नक्सा प्रस्तुत गर्नु भएको थियो।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share