Breaking News
Home / Featured / मृतक पुरुषमा कोरोना

मृतक पुरुषमा कोरोना

 

नेपालका १० जना सहित विश्वभर ३ लाख ८६ हजार ४६४ जनाको मृत्यु 

कृष्णप्रसाद ढकाल

भैरहवा। भारत बम्बईबाट आएको दुईदिनमा ज्यान गुमाएका पाल्पा पुर्वखोला गाऊपालिका १ का ४० वर्षीय पुरुषको स्वाब परिक्षण रिपोटमा कोरोना पोजेटिभ देखिएको छ।

प्रदेस ५को जनस्वास्थ्य प्रायोगशाला भैरहवाले बिहिवार उनको स्वाव परिक्षण जाचमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारीदिनुभयो।

भारतबाट आएका उनीको जेठ २० गते पाल्पा तानसेन स्थित मिसन अस्पतालको आइसोलेसनमा ज्यान गएको र कोरोना आशंका रहेको र ल्यावको रिपोट प्रतिक्षामा शव व्यवस्थापन भएको थिएन।

यहि जेठ १८ गते सिमानामा अलपत्र परेका उनीलगायत २१ जनालाई गाऊपालिकाले सुनौलीनाकाबाट उद्धार गरी गाऊपालिकाको वडा नंं २ जल्पा क्वारेन्टाईनमा राखिएको थियो।

उनीसंगै पाल्पाका अन्य ६ जना र भारतबाट आएका २१जना सहित २७ जनालाई एकैठाऊ जल्पाको वारेन्टाईनमा राखिएको थियो।

भारतबाट आउदा ठिकै देखिएको र एकरात क्वारेन्टाईनमा बसेको उनीलाई स्वास्थ्यमा समस्या आउन थालेपछि मिसन अस्पतालको आईसोलेसमा लगेर राखेकोमा २० गते मृत्यु भएको पूर्वखोला गाऊपालिकाका अध्यक्ष मिन बहादुर थापाले जानकारीदिनुभयो।

मृतक पुरुषका दुईवटा छोरी एक छोरा र श्रीमती रहेका छन्।

मृतक परिवारको सहमतीमा सकभर आज रातीसम्म तालिम प्राप्त नेपाली सेनाद्धारा कोरोना पोजेटिभबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गर्ने तयारी भईरहेको अध्यक्ष थापाले बताउनुभयो।

यससंगै प्रदेस ५मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ जना पुगेको छ।

नेपालका १० जना सहित विश्वभर ३ लाख ८६ हजार ४६४ जनाको मृत्यु 

नेपालमा विहिवार साझसम्म संक्रमित २६३४ जना पुगेका छन्। जसमध्ये २८५ जना निको भएर घर फर्केका छन् । यसविचमा कोरोनाबाट १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ।
विश्वभर ६५ लाख ३५ हजार १९ जना संक्रमीत भएका छन्। जसमध्ये २८ लाख २४ हजार ७२२ निको भएका छन् । विश्वमा ३ लाख ८६ हजार ४६४ जनाको ज्यान गईसकेको छ।
Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share