Breaking News
Home / Featured / प्रदेससभा बैंठक डेढ घण्टा मात्रै

प्रदेससभा बैंठक डेढ घण्टा मात्रै

बुटवल। प्रदेस ५ प्रदेससभा बैंठकको हिउँदे अधिवेशन आईतबार डेढघण्टा मात्रै संचालन भई १२ गते अपरान्हसम्मका लागि स्थगीत भएको छ।

प्रदेस ५ का मुख्य मन्त्री शंकर पोख्रेलको उपस्थितीमा प्रदेसभाका सभामुख कुल बहादुर केसीले बैंठकको संचालन गर्नुभएको थियो। बैंठकमा नेकपाका प्रदेससभाका सचेत भूमीश्वर ढकाल, दिपेश थारु, नेपाली काँग्रेसकी सचेत निर्मला क्षेत्री र प्रदेससभा सदस्य फकुरुद्धिन खान एवं समाजवादी पार्टीका उपसचेत सन्तोष पाण्डेयले प्रदेसको नाम र राजधानी ततकालै टुंगो लगाउनुपर्नेमा जोडदिएका थिए।

बैंठकमा प्रदेसको नाम र राजधानी टुंगो लगाउन, नागरिकता विद्येयक, संचार विद्येयक सचाउन सभासदहरुले सरकारसंग आग्रह गरेको पसभासद फकुरुद्धिन खानले वताउनुभयो।

यसैगरी उनीहरुले सरकारले गरेका गतिविधीबारे औल्याउदै आ–आफनो धारणा राखेका थिए। सभामुखले बैंठकमा बोल्ने पाँचजना सभासदलाई पाँच–पाँच मिनेटको समय दिनुभएको सभासद सन्तोष पाण्डेयले बताउनुभयो।

प्रदेस ५ मा नेकपाका ६१, नेपाली काँग्रेसका १९, समाजवादी पार्टीका ५ र राजपा एवं जनमोर्चा पार्टीका एकएक गरी कुल ८७ जना सांसद रहेका छन्। जसमध्ये आईतबार सुरु भएको पहिलो बैंठकमा ७७ जना सासंदहरु उपस्थित रहेको संसद सचिवालयका कर्मचारीले जानकारीदिए।

प्रदेससभाको बर्खे चौथो अधिवेशनले ४९ वटा विधेयक पास गरेको थियो। वर्खे अधिवेशन गतअसोज २ गते सम्पन्न भएको थियो। पाचौं अधिवेशन माघ ५ गते आईतवारदेखि सुरु भएको र राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ९ गते भएकाले माघ १२ गते अपरान्ह १ बजे पुन बैंठक बस्ने गरि अहिलेलाई स्थगित गरिएको प्रदेससभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारीदिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share