कृष्णप्रसाद ढकाल
भैरहवा । सरकारले प्रदेस ५ मा आधुनिक विशेष प्रकृतिको कोरोना भाईरस परिक्षण प्रयोगशाला स्थापना गरेको छ । रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुवाली अनुसन्धान केन्द्रमा स्थापना भईरहेको प्रदेस जनस्वास्थ्य प्रयोगशालामा विरामीहरुको कोरोना भाईरस संक्रमण –कोभिड १९)को परिक्षण आजभोलिमै गरिने जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले जानकारीदिनुभयो ।
संघीय सरकार एवं प्रदेस सरकारले संयुक्त रुपमा उक्त प्रयोगशाला संचालनको तयारी थालेका हुन । प्रयोगशालामा आवश्यक पर्ने सवै मेसीनहरु जडानको कार्य सम्पन्न भईसकेको हुदा अब विरामीहरुको स्वाब नमूना परिक्षण व्यवस्थापन कार्ययोजनाको चरणमा पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका माईक्रोबायोलोजिष्ट विष्णु रायमाझीले जानकारीदिनुभयो । प्रयोगशाला संचालनमा आएसंगै प्रदेस ५ का विरामीहरुको स्वाब नमूना परिक्षणका लागि काठमाण्डौं पठाउनुपर्ने समस्या अन्त्य हुनेछ ।
एक घण्टाभित्रै बिरामीमा लागेको रोगको नतिजा
आधुनिक प्रविधीको उक्त प्रयोगशालाले छिटैं एक घण्टाभित्रै बिरामीमा लागेको रोगको नतिजा देखाउनेछ । यसैविच उक्त प्रयोगशालाको प्रदेस ५ का मुख्य मन्त्री शंकर पोख्रेल, सामाजिक विकास मन्त्रालयका अधिकारीहरुले अनुगमन गरी ततकालै संचालनमा ल्याउन निर्देशन दिएका छन् । अन्य प्रदेसहरुले प्रदसभित्रै कोरोना भाईरसको प्रयोगशाला स्थापना गरी संचालनमा ल्याएका छन् ।
प्रदेस ५का प्रयोगशाला स्थापना गर्नमा ढिलाईभएकोमा विपक्षी दल नेपाली काग्रेस एवं प्रदेसवासी नागरिकले मुख्यमन्त्री शंकर पोख्रेल एवं प्रदेस सरकारको विरोध एवं आलोचना गरिरहेका छन् । प्रदेस ५का १२ वटा जिल्लाहरुमा ३०७ वटा क्वारेन्टाईनमा विदेस बाहिरबाट आएका २ हजार ३ सय ८० जना रहेको स्वास्थ्य विभागका प्रवक्ता डा. रोशनलाल चौधरीले जानकारीदिनुभयो ।
लकडाउनपछि क्वारेन्टाईनमा कडाई
चैत ११ गतेदेखि सरकारले घोषणा गरेको लकडाउनपछि क्वारेन्टाईनमा राख्ने कार्यमा कडाई गर्न थालेको हो । प्रदेसमा कोरोनाका विरामीहरुको उपचारका निम्ती १७ वटा अस्पतालमा पूर्वतयारीको व्यवस्था गरिएको छ । कोरोनाका विरामीको लक्षणसंग मिल्दोजुल्दो शंकास्पद ८९ जनाको स्वाब परिक्ष्णका लागि केन्द्र टेकुमा पठाएकोमा हालसम्म ७५ जनाको नतिजा नेगेटिभ आएको स्वास्थ्य विभागका अधिकारीले जानकारीदिए । अन्यको नतिजा आउन बाकी रहेको छ ।
प्रदेसमा आईसोलेसनमा राखेर १३० जनाको उपचार भएको र हाल १८ जना बाहेक सवै ठिक भएर घर फर्केको महानिर्देशक डा. विनोद गिरीले जानकारीदिनुभयो ।