Breaking News
Home / Featured / प्रदेस राजधानीमा विकासको गति सुस्त

प्रदेस राजधानीमा विकासको गति सुस्त

भैरहवा। प्रदेस ५को राजधानी जिल्ला रुपन्देहीमा आशातित रुपमा विकास निर्माणले गति लिन सकेको छैन। राष्ट्रिय गौरवका आयोजनाका साथै अन्य निर्माण गतिविधी सामन्यढंगले संचालन भएको देखिन्छ। चालुवर्षको ६ महिनामा २४ प्रतिसत मात्रै पूजिगत खर्च हुनुले जिल्लाको विकास सुस्त गतिमा चलेको संकेत गर्दछ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार रुपन्देहीमा विकास निर्माणमा विनियोजित करिव ५ अर्वमध्ये विहिवारसम्म एक अर्व ४६ करोड रकम मात्रै खर्च भएको जनाएको छ। प्रमुख कोष नियन्त्रक चन्द्र प्रसाद भूसालले सरकारले नया बजेट बनाउने बेलामा विकास निर्माण अन्तर्गतको पूजिगत रकम लक्ष्य अनुसार समयै खर्च हुन नसकेको गुनासो गर्नुभयो।

‘६ महिनामा अहिलेसम्म २४ प्रतिसत विकासको वजेट खर्च भएको छ। सरकारले समयमै निकास दिएपनि कामको गति उही पूरानै पारा देखियो। अन्तिम समय बर्खामा झयापझुप काम देखाउने र पैसा लाने प्रवृति होला।’ उनले भने। जेठ–असारमा हतार–हतारमा लटरपटर गरेर काम सकेको देखाएर भूक्तानी मागी बजेट सिधाउने चरित्र यसवर्ष पनि दोहोरीने अवस्था देखिएको कोष नियन्त्रक भूसालले स्पष्टसंग भन्नुभयो।

कार्यालयहरुले चालु शिर्षकको बजेट लक्ष्य अनुसारनै खर्च गरेका छन्। तर पूजिगततर्फको वजेट खर्च अति न्यन छ। उनले भने। संघिय सरकार एवं प्रदेस र स्थानिय सरकारले आ–आफनैढंगले विकास योजनामा वजेट विनियोजन गरेका छन्।

रुपन्देहीमा चालु वर्ष २८ अर्व ७५ करोड, ४१ लाख ९१ हजार चारसय ३४ रुपैया विनियोजन गरेकोमा माघ महिनाको ९ गतेसम्म १० अर्व २८ करोड ८७ लाख ३१ हजार रुपैया कार्यालय एवं आयोजनाले खर्च गरिसकेका छन्। रुपन्देहीमा संघ, प्रदेस मातहत र स्थानिय गरी एकसय ८ वटा कार्यालयहरु रहेका छन्।

यसैविच रुपन्देही जिल्लाबाट ५६ अर्व २१ करोड ६२ लाख ९८ हजार रुपैया राजस्व संकलन भएको छ। जसमध्ये सवैभन्दा बढी ४५ अर्व ९० करोड १४ लाख १९ हजार राजस्व संकलन गरेको छ।

आन्तरिक राजस्व कार्यालय बुटवलले ४ अर्व ९८ करोड ३९ लाख ३७ हजार राजस्व संकलन गरेको प्रमुख कर अधिकृत ध्रुवराज ज्ञवालीले जानकारीदिनुभयो।

यसैगरी चालुवर्षको माघ ६ गतेसम्म आन्तरिक राजस्व कार्यालय भैरहवाले ४ अर्व ६० करोड, ७४ लाख ९ हजार रुपैया राजस्व संकलन गरेको प्रमुख कर अधिकृत देवीप्रसाद भण्डारीले बताउनुभयो।

अध्यागमन कार्यालयले ९ करोड ५० लाख ३८ हजार, लुम्विनी सांस्कृति नगरपालिकाले ७ करोड ९० हजार, देवदह नगरपालिकाले ४ करोड ८५ लाख २५ हजार, बुटवल उपमहानगरपालिकाले तीन करोड २ लाख २६ हजार, तिलोत्तमा नगरपालिकाले २ करोड ९८ लाख ६० हजार, सिद्धार्थनगर नगरपालिकाले ८६ लाख १५ हजार रुपैया राजस्व संकलन गरेका छन्।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share