Breaking News
Home / Featured / काँग्रेसद्धारा आईतवार रुपन्देही जिल्ला बन्द घोषणा आह्वान: बुटवलबाट प्रदेसको राजधानी दाङमा सार्न नेकपा सासंदमा हुईप जारी

काँग्रेसद्धारा आईतवार रुपन्देही जिल्ला बन्द घोषणा आह्वान: बुटवलबाट प्रदेसको राजधानी दाङमा सार्न नेकपा सासंदमा हुईप जारी

कृष्णप्रसाद ढकाल

भैरहवा। प्रदेस ५ सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङमा सार्ने निर्णय प्रदेससभामा पेस भएसंगै प्रतिपक्षि नेपाली काग्रेसले राकेजुलुस निकाल्दैं आईतवार रुपन्देही जिल्ला वन्दको घोषणा गरेको छ।

हाल कायम रहेको राजधानी बुटवलनै सवै दृष्टीकोणले उपयुक्त भएको दावी गर्दै प्रदेस सरकारका विरुद्धमा नेपाली काग्रेस रुपन्देही शुक्रवारदेखिनै आन्दोलनमा उत्रेको छ । शनिवार साझ रोक जुलुश निकाल्ने काम भएको र आईतवार जिल्ला वन्द गर्ने पुगेको जिल्ला सभापति एवं पूर्वमन्त्री अव्दुल रजाकले जानकारीदिनुभयो।

प्रदेससभाको नाम लुम्विनी राख्ने विषयमा भने सर्वसहमती देखिएको छ। तर राजधानीका विषयमा भने विवाद देखिएको छ । राजधानीका लागि रुपन्देही, कपिलवस्तु र दाड तीनवटा जिल्लाका विचमा तानातान देखिएको छ।

सतापक्ष नेकपाले सदनमा हुईप लगाउने निर्णय गरेको छ। मुख्यमन्त्री निवास बुटवलमा दिवाभोजसहित बसेको बैठकले राजधानी सार्ने प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारीदिए।

उक्त बैठकमा रुपन्देही, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासीका सांसदहरुले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको धारणा राखेका थिए । सासंदहरु भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाएको स्रोतले वतायो।

बैठकमा अर्घाखाँची र गुल्मीका सांसद चुप वसेका थिए। प्युठान, रोल्पा, रुकुमका सांसदले सरकारको निर्णयको समर्थन गरेका छन्।
मुख्यमन्त्री शंकर पोखरेलले आप्mनो धारणा राख्दै पार्टी निर्णय विपरीत नजान आग्रह गरेका छन्। पार्टीले सदनमा पेश गरेको प्रस्तावलाई पास गराउन उनले सासदहरुलाई कडा रुपमा नैतिक दवाव दिएका छन्।

प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेका थिए।

दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदिले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन आन्तरिक तथा कानुन मन्त्री केसीले प्रस्ताव पेस गरेका थिए। प्रदेस मन्त्री परिषदको विहिवारको बैठकले उक्त निर्णय सर्वसहमत पास गरेको छ। प्रदेश सभामा असोज १९ गतेदेखि उक्त प्रस्तावमाथि छलफल शुरु हुनेछ।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share