Breaking News
Home / Featured / अज्ञात व्यक्तिद्धारा प्रदेससभा सदस्य पाण्डेलाई लक्षीत गरी ढुंगा प्रहार

अज्ञात व्यक्तिद्धारा प्रदेससभा सदस्य पाण्डेलाई लक्षीत गरी ढुंगा प्रहार

भैरहवा । अज्ञात व्यक्तिले प्रदेस ५ प्रदेस सभा सदस्य कल्पना पाण्डेमाथि लक्षीत गरी ढुंगा प्रहार गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका ९ स्थित मन्टेश्वरी मेमोरियल स्कुल पथमा बस्दै आएकी सभासद पाण्डे निवास घरको माथिलो तल्लाकोे झयाल सिसाका फुटेको जिल्ला प्रहरी कार्यालयले जानकारीदिएको छ ।
सभासद पाण्डेले जीवन सुरक्षाको माग गर्दै दोषीलाई पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेकी छन् ।

राष्टिय जनता पार्टीको तर्फबाट प्रदेससभामा एकमात्र पद समानुपातिकमा पाण्डेले असर पाएर प्रतिनिधित्व गरिरहेकी छन् ।

एकातर्फ देसरभर लकडाउन छ यसैविचमा मध्य रातमा घरमा सुतिरहेको वेला घरका झयाल झयालमा ढुंगा हान्नेको घटनाले आफू साह्रै चिन्तीत भएको उनले संचारकर्मीलाई वताईन । माथिल्लो तल्लाको उतरपटिको कोठामा म र दिदि संगै सुतिरहेका थियौं । मध्ये रातमा झयालमा ढुंगा हान्ने, कुकुर पनि भुकेको थियो । राती बाहिर निस्कने कुरा भएन । विहान प्रहरीलाई खबर गरे । उनले २४७ समाचार डट कम संचारकर्मीलाई भनिन ।

उक्त घटना थाहा पाएसंगै रुपन्देही जिल्लाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हेम कुमार थापा, प्रदेस सभासद सन्तोष पाण्डेयलगातको टोली पाण्डे निवासमा पुगी घटनाका बारेमा जानकारी लिएको छ । प्रहरी निरीक्षकको कमाण्डमा घटनाको अनुसन्धान गर्न टोली परिचालन गरीसकेको प्रहरी उपरीक्षक थापाले बताए ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share