Breaking News
Home / Featured / आकस्मीक रुपमा एसईई परीक्षा स्थगीत

आकस्मीक रुपमा एसईई परीक्षा स्थगीत

सरकारले भोलिदेखि लिने भनेको माध्यमिक शिक्षा परीक्षा (एसईई) एव विश्व विद्यालयको सवै तह र फेक्लटीको परिक्षा कोरोना भाईरसको हल्ला एवं प्रभावसगै ततकालका लागि स्थगित गरेको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि एसईई परीक्षा एवं राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ सहित विश्वविद्यालयको चैतमा लिने सवै परिक्षाहरु स्थगीत गरेको सरकारी अधिकारीहरुले जानाकारी दिएका छन्। 

यसवर्षको एसईई विहिवार ६ गतेदेखि सुरु गरि १२ गतेसम्म टुगाउने विषय कार्यतालिका सार्वजनिक भएको थियो । यसवर्ष २०७६ को एसइइ परीक्षामा नियमित र प्राईभेट गरी करिब ५ लाख विद्यार्थीले फर्म भरी तयारी गरिरहेका थिए।

परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थितढंगले परीक्षार्थीहरुले निर्वाध रुपमा शान्तपूर्वक परीक्षा दिने वातारण मिलाउने निर्णय गरेको थियो।

तर सरकारले बुधवार साझ आकस्मीक रुपमा नेकपा पार्टीको सचिवालय बैठकको निर्णय एवं सुझाव अनुसार एसईई परीक्षा स्थगितको घोषणा गरेकोप्रति विभिन्न टिक्काटिप्प्णी एवं आलोचना सुरु हुन थालेको छ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share