Breaking News
Home / Featured / अलपत्र नागरिकलाई सिमा नाकादेखि भगाईयो

अलपत्र नागरिकलाई सिमा नाकादेखि भगाईयो

भैरहवा।

विगत पाँचदिनदेखि सिमानाका सुनौलीमा अलपत्र परेका नागरिकलाई सिमानाकादेखि ८ किलोमिटर टाढा भगाईएको छ।

दुवैदेसको लकडाउनका कारण नेपाल–भारत सिमानाका रुपन्देहीको वेलहियामा अलपत्र परेका भारतीयमुलका एकसय ५६ जना र नेपाली ३ सय ९६ जनालाई सिमाक्षेत्रबाट टाढा भगाएर क्वारेन्टाईनमा लगिएको छ।

सरकारले दुवैतर्फ अडकीएर रहेका नागरिकलाई आआफनो क्षेत्रमा क्वारेन्टाईनमा राखी खाने–बस्ने व्यवस्था मिलाउने आपसी समझदारी गरेपनि व्यवहारमा पुर्णरुपमा कार्यन्वयन हुनसकेको देखिदैन।

इसैविच मानवीय सहायत उपलव्ध गराई आफनो देशमा प्रवेश गर्ने वातावरण मिलाउन माग गर्दै नेपाली काँग्रेस प्रदेस नं. ५का सभासद एवं पार्टीका नेताले प्रदेस ५ सरकारका मुख्यमन्त्री शंकर पोख्रेललाई एवं संवद्ध निकायलाई ज्ञापनपत्र दिएका छन्।

नेपालबाट भारत घर हिडेका भारतीय मजदुरलाई सिमानाका दसगजाबाट फिर्ता गरी निमा–प्रतिमा ईन्सटीच्युटको क्वारेन्टाईनमा राखिएको छ। चारदिनसम्म आफनो जन्मभूमी नेपाल प्रवेश गर्ननपाई अलपत्र परेका नेपालीलाई सुनौलीबाट फर्काएर भारतको नौतनवा ईन्टर कलेजमा लगेर राखिएको छ।

दुवैदेसले दुवैतर्फ लकडाउनलाई कडाईका साथ पालना गर्ने गराउने र अलपत्र परेका नागरिकलाई आआफनै क्षेत्रमा १४ दिनसम्म क्वारेन्टाईनमा राखी खानेवस्ने व्यववस्था मिलाउने कार्य माथिकै आदेस अनुसार काम भईरहेको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारीदिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share