Breaking News
Home / Featured / ओलीले चुनावको वहाना–वाजी गर्दै लोकतन्त्र र संघियता पतन गर्ने : उपेन्द्र यादव

ओलीले चुनावको वहाना–वाजी गर्दै लोकतन्त्र र संघियता पतन गर्ने : उपेन्द्र यादव

भैरहवा। जनता समाजवादी पार्टी नेपालका कार्यकारीणी अध्यक्ष उपेन्द्र यादवले बहुमत प्राप्त प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गरी चुनाव गराउने वहाना–वाजी गर्दै लोकतन्त्र र संघीय गणतन्त्र पतन गर्ने दुस्हास गरेको आरोप लगाएका छन्।

रुपन्देहीको भैरहवामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा समेत सामेल पूर्व उपप्रधानमन्त्री यादवले उक्त कुरा बताएका हुन।

ओली सरकारले संवैधानिक अंगहरु कव्जा गर्ने विद्येयक र पार्टी टुक्राउने विद्येयक ल्याएर निरंकुश तानसाह बन्न खोज्दै गर्दा असफल भएपछि प्रतिनिधी सभा विघटन गरेर असंवैधानिक र गैरतवरबाट कम्युनिष्ट शासन लादन खोजेको उनले बताए।

संसद विघटनको विषय संवैधानिक नभई राजनीतिक विषय भएको वताउदैं वर्तमान संकटलाई अदालतको निर्णय पर्खनुभन्दा राजनैतिकढंगले समाधान गरी लोकतन्त्र, संघीयता र नागरिकको अधिकार सुरक्षा गर्नुपर्नेमा उनले जोड दिए।

लोकतन्त्र, संविधान, संघीयता र नागरिकको अधिकार रक्षामा प्रतिपक्ष काग्रेस पनि कमजोर देखिएकाले अब जनता समाजवादी पार्टीले शंसक्तढंगले अगाडी बढ्ने अध्यक्ष यादवले प्रतिवद्धता व्यक्त गरे।

ओलीले वैशाखमा चुनाव गराउदैनन र गराउन पनि सक्दैनन। उनले दावाका साथ भने। पूर्व राजा ज्ञानेन्द्रले पनि ततकालिन संविधान कुचेर चुनाव गराएका थिए, तर त्यो कस्तो भयो ?

ज्ञानेन्द्रले संविधान कु गर्दा सत्ता गुमाउन पुगी दुर्गतीमा छन्। त्यही अवस्था ओलीले खेप्नु पर्ने अवस्था आउने यादवले बताए।

उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका कार्यकारीणी सदस्य एवं पूर्व मन्त्री शरद सिंह भण्डारी सर्वेन्द्रनाथ शुक्ला, जिल्ला समन्वय समिती अध्यक्ष राम अवतार, देवेन्द्र पाण्डेलगायत नेताले ओलीको असंवैधानिक कदमको कडा रुपमा आलोचना एवं विरोध जनाएका थिए।

उक्त कार्यक्रममा राप्रपा नेपालका लुम्विनी प्रदेस प्रवक्ता एवं इन्जिीनियर रवि रौनियार लगायत २६९ जनाले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेको देवेन्द्र पाण्डेले बताए।

WHO hand washing technique

Check Also

मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

कपिलवस्तु। संघिय सरकारले अस्ती बजेट बाडफाड गर्दा बर्दिया र कपिलवस्तु जिल्लालाई छुटाएपछि कपिलवस्तुवासीले सरकारले विभेद …

Tweet
Share
Pin
Share