Breaking News
Home / जीवनशैली/स्वास्थ / भिम अस्पतालको वेड कोरोना बिरामीले भरियो

भिम अस्पतालको वेड कोरोना बिरामीले भरियो

कृष्णप्रसाद ढकाल
भंैरहवा । प्रदेस ५ को राजधानी जिल्ला रुपन्देही एवं छिमेकी जिल्लाहरुमा कोरोना भाईरस पोजेटिभ बिरामीहरु बढेसंगै भैरहवास्थित भिम अस्पतालको कोरोना बेडमा बिरामी खचाखच भरिएका छन् ।

अस्पतालको क्षमता वृद्धि नगर्दासम्म एकजना बिरामी बाहेक अरुलाई भर्ना गर्न नसकीने स्थिती रहेको भिम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारीदिनुभयो ।

भारतीय सहित १०५ जनाको उपचार

अस्पतालले अन्य प्रकृतिका बिरामीहरुलाई डिस्चार्ज एवं स्थानान्तरण गरी बुधवार रातीदेखि कोरोनाका बिरामी भर्ना गरेको दुईदिनमै यसक्षेत्रका कोरोना संक्रमीत बिरामीले वेडहरु भरिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. नविन दर्नालले जानकारीदिनुभयो ।
अस्पतालले भारत गोण्डाका कोरोना संक्रमीत एकजना भारतीय नागरिकलाई समेत भर्ना गरी उपचार गरिरहेको छ ।

यसैगरी भीम अस्पतालमा छिमेकी जिल्ला कपिलवस्तु नगरपालिका र विजयनगर गाऊपालिका, रुपन्देही जिल्लाको लुम्विनी सांस्कृतिक नगरपालिका, गैडहवा गाऊपालिका, पश्चिम नवलपरासी र भारत गोण्डाका कोरोना संक्रमीत बिरामीहरुको उपचार जारी छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र एकदुईदिनमा उनीहरुको पुन दोस्रो चरणमा स्वाव संकलन गरी परिक्षणका लागि पठाउने तयारी भईरहेको मेडिकल सुपरीटेन्डेन्ट डा. दर्नालले वताउनुभयो ।

रुपन्देही गैडहवा गाऊपालिका १० जना, लुम्विनी सास्ंकृतिक नगरपालिकाका ४ जना, कपिलवस्तु नगरपालिका र विजयनगरपालिकाका ५ जना, भारतीय र पश्चिम नवलपरासीका एकसहित २१ जनाको भिम अस्पतालमा उपचार भईरहेको छ । अस्पतालमा कोरोना लागि बनाईएको एक वेड मात्रै खाली छ ।

यसैविच प्रदेस सरकार मन्त्रीपरिषदको बैठकले भिम अस्पतालको क्षमता वृद्धि गरी एकसय वेड बनाउने निर्णय गरेपनि अस्पताललाई आवश्यक बजेट दिन र तयारी थाल्ने काम भएको छैन ।

भारतीय एवं रुपन्देही र छिमेकी जिल्ला कपिलवस्तु नवलपरासीमा कोरोना संक्रमणका ६९ जना बिरामी देखापरेपछि अस्पतालमा विरामीको चाप वढेको छ ।

अस्पतालले कोरोना बिरामी उपचारका लागि एनेश्थेसिया चिकित्सक एवं स्वास्थ्यकर्मी भर्ना आह्वान गरेकोमा कसैको पनि दरखास्त नपरेको हुदा आवश्यक दक्ष जनशक्तिको अभाव भएको र वेडहरु पनि भरिएको हुदा थप व्यवस्था एवं पुर्वाधार तयारी नहुदासम्म नया बिरामीलाई भर्ना गर्न नसकिने मेडिकल सुपरीटेन्डेन्ट डा. दर्नालले बताउनुभयो ।

संक्रमीत भारतीय पुरुषले नेपालमा मजदुरी गर्थे

भारतीय ती पुरुष नेपालमा आएर मजदुरी गर्दथे । नेपाल–भारत दुवैदेसमा लकडाउन जारी रहदा उनी लगायत तीनसय भारतीय नागरिकहरु घर जान नपाएर सिमानाका सुनौलीमा अडकीएका थिए । उनीहरुलाई नेपाल प्रशासनले सिमाबाट फिर्ता ल्याएर नेपालतर्फ प्रतिमा निमा क्वारेन्टाईनमा राखिएको थियो । क्यारेन्टाईनमा रहेका उनी बाहेक अरुको स्वाव परिक्षण रिपोट नेगेटिभ देखिएको छ । स्वास्थ्य परिक्षणसंगै क्वारेन्टीन पुरा गरेका कतिपयलाई भारत पठाईएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारीदिए ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share