Breaking News
Home / Featured / गुल्मीमा कोरोनाबाट ३ पुरुषको मृत्यु

गुल्मीमा कोरोनाबाट ३ पुरुषको मृत्यु

एकजना होम क्वारेन्टाईनमा र २ जनाको अस्पतालमा ज्यान गयो

गुल्मी। छत्रकोट गाऊपालिका वडा नंं. ५ मा छिमेकीको घरमा होम क्वारेन्टाईन बसेका आरडिटी पोजेटिभ पुरुषको गयराती ज्यान गएसंगै गुल्मी जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

भारत बम्वईबाट आई होम क्वारेन्टाईनमा बसेको १२ दिनमा ६९ वर्षीयको गयराती ज्यान गएको गाऊपालिकाका अध्यक्ष मधु कृष्ण पन्थले जानकारीदिनुभयो। 

गुल्मीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। यसअघि धुर्कोट गाऊपालिका वडा नं. ४ का ३६ वर्षीय पुरुषको तम्घास जिल्ला अस्पतालमा उपचारका क्रममा जेठ १३ गते र त्यसअघि गुल्मीमा शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। 

प्यारालाईसको उपचारका लागि उनी भारत गएर फर्केका उनीलाई पालिकाको सहयोग एवं समन्वयमा होम क्वारेन्टाईनमा राखि आरडीटी टेष्टमा पोजेटिभ देखिएको र विहिवार राती ज्यान गएको अध्यक्ष पन्थले टेलिफोन सम्पर्कमा बताउनुभयो। मृतकको साथमा रहेका घरका परिवारका दुई सदस्यमध्ये एकजनामा आरडीटीमा पोजेटिभ देखिएको छ।

जिल्ला प्रशासनको सहमतीमा मृतकको धार्मीक संस्कार अनुसार जमीनमा खाल्टो खनी गाडेर उनको शव व्यवस्थापन गरिएको छ।

यससंगै गुल्मीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। यसअघि धुर्कोट गाऊपालिका वडा नं. ४ का ३६ वर्षीय कोरोना संक्रमीत पुरुषको तम्घास जिल्ला अस्पतालमा उपचारका क्रममा जेठ १३ गते ज्यान गएको थियो।

भारतबाट जेठ ९ गते आएको उनीलाई १२ गते कोरोना पोजेटिभ देखिएको र जेठ १३ गते क्वारेन्टाईनबाट अस्पतालको आईसोलेसन वेडमा सारि उपचार जारीरहेको अवस्थामा ज्यान गएको रेसुङगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारीदिए। 

यसैगरी त्यसअघि गुल्मीमा अर्का एक पुरुष शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। 

छत्रकोट गाऊपालिकामा शुक्रवारसम्म २४ जना कोरोना पोजेटिभ देखिएका छन्। गुल्मीमा शुक्रवार एकैदिन ४८ जना थपीएका छन्।

यससंगै गुल्मीमा कोरोना संक्रमीतको संख्या १५५ जना पुगेका छन्। यसैविच शुक्रवार नै शंकारस्पद अन्य ६२ जनाको स्वाव संकलन गरी एम्बुलेन्स मार्फत पिसिआर परिक्षण गर्न प्रदेस जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ।

प्रदेस जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले २७ गतेदेखि यता आएका नमूनाहरुको जाँच्ने कार्य प्रक्रियामै रहेको बताए। जनस्वास्थ्य प्रयोगशालामा अझै एकहजार २ सय बढी स्वावको नमूना संकलन भएको र त्यसको पिसिआर परिक्षण गर्न बाँकी रहेको डा. गिरीले जानकारीदिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share