Breaking News
Home / Featured / प्रधानमन्त्री ओलीले हार खाए : मन्त्रीपरिषदबाट दुवै अध्यादेश फिर्ता

प्रधानमन्त्री ओलीले हार खाए : मन्त्रीपरिषदबाट दुवै अध्यादेश फिर्ता

प्र.म. के पी ओलि/ फाइल तस्बिर

 

काठमाडौं । सतारुण पार्टी नेकपा भित्रै एवं प्रतिपक्षी दल नेपाली काग्रेसलगायतको चौतर्फी विरोधका कारण शुक्रवार मन्त्रीपरिषदको बैठकले विवादास्पद दुई अध्यादेशलाई फिर्ता लिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छलछाम गरी झुकाएर वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुईवटा अध्यादेश राष्टपति विधादेवी भण्डारी मार्फत दुईघण्टाभित्रै लालमोहर प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित गर्न सफ भएका थिए ।

दुईतिहाई बहुमतको नेकपा सत्ताधारी पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अझै बढी तानासाही बन्न खोजेर पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने राजनीतिक दल सम्वन्धी अध्यादेस र प्रतिपक्षी दलको नेताविना सवैधानिक परिषद्को बैठक बसेर निर्णय गर्न सक्ने व्यवस्था सहितको अध्ययादेस ल्याएकोमा लोकतन्त्र र संविधानको भावना विपरीतको कार्य गरेकोमा सरकार र नेकपाको चौतर्फी विरोध भएको थियो ।

उता अध्यादेसबाट सरकार र पार्टीभित्र अस्थीरता निम्त्याउने दुस्प्रयास गरेको छ ।

यसैविच प्रधानमन्त्री ओलीले आपनो पार्टी फूटाउने नभई अरु पार्टीका लागि ल्याएको भनेपछि त्यसको काउन्टरमा विहिवार समाजवादी र राजपाले निवार्चन आयोगमा गएर पार्टी एकता समेत गरेका छन् । नेकपाभित्र विवाद चर्कीएको छ ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share