Breaking News
Home / अर्थ / नेपालको अर्थतन्त्र र कोरोना भाइरसले पारेको प्रभाब :

नेपालको अर्थतन्त्र र कोरोना भाइरसले पारेको प्रभाब :

लामो समयको द्वन्दको समाप्ति पछि राजनीतिक स्थिरता कायम हुने, आर्थिक रुपान्तरणतर्फ राज्यको ध्यान केन्द्रित हुने, आर्थिक सुधारका कार्यक्रमहरुबाट लगानीमैत्री वातावरण सिर्जना हुने, विकास निर्माणका कार्यले गति पाउने, उत्पादकत्व तथा उत्पादनमा बृदी हुने अपेक्षा सहित राज्यका जनताको आर्थिक, सामाजिक तथा राजनैतिक अभिबृदी ल्याउन देशले  आर्थिक संबृधीको बाटो अंगालेको छ। अघिल्लो वर्पमा देशको आर्थिक बृदिदर ६.७ रहेकोमा आ वा २०७५/०७६ मा उक्त्त बृदिदर ७.५ प्रतिशत रहने अनुमान छ।कृषि क्षेत्रको बृदिदर ५ प्रतिशत, उधोग क्षत्रको बृदिदर ८.२ प्रतिशत तथा सेवा क्षेत्रको बृदिदर ७.३ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्प कृषि क्षेत्रको बृदिदर २.८ प्रतिशत, उधोग क्षेत्रको बृदिदर ९.६ प्रतिशत तथा सेवा क्षेत्रको बृदिदर ७.२  प्रतिशत रहेको थियो। आ. वा. २०७५।०७६ मा  कुल ग्राहस्थ उत्पादनमा कृषि, उधोग र सेवाको अंश क्रमश २७ प्रतिशत, १५.२ प्रतिशतर ५७.८ प्रतिशत रहेकोमा अघिल्लो आवामा उक्त  क्षेत्रहरुमा कुल ग्राहस्थ उत्पादनको क्रमश २८.१ प्रतिशत, १४.९ प्रतिशत, र ५७ प्रतिशत अंश रहेको थियो।आर्थिक वर्प २०७५।७६ मा आर्थिक बृदिदर उच्च रहनुको मुख्य कारण कृषि उत्पादनमा बृदि, उर्जा आपूर्तिमा सहजता, निर्माण कार्यमा तिब्रता, औधोगिक उत्पादनमा बिस्तार, कृषि सडकमा विकास, साक्षरता दरमा बृदि, उच्च रेमिटान्स भित्रिनु, तथा पर्यटन आगमनमा बृदि  रहेको छ।

यस आ.वा.मा आर्थिक बृदिदर ८.५ प्रतिशत पुर्याउने लक्ष्य  लिइ  निर्यातमा बृदि गर्ने,आयात प्रतिस्थापन गर्ने पहलकदमी चलाउने,करकादरमा बृदि गर्ने,मुन्द्रस्मृति वान्छनीय सीमामा राख्ने, स्वरोजगार कार्यक्रम संचानालाई तिब्रता दिने, राष्ट्रिय गौरबका  आयोजनालाइ समयमै सम्पन्न गर्ने र सोबाट आयआर्जन प्राप्त  गर्ने,शिक्षा, स्वास्थ्य, यातायात,पर्यटन संचार क्षेत्रमा दिर्घकालिन सक्षमता बृदि गर्ने उधेश्यका साथ आ.वा. २०७६।०७७ को बजेट ल्याइएको हो। जुन उधेश्य प्राप्ति  लागि देशमा खानेपानी आयोजना, दुर्तलोकमार्ग, सिचाई आयोजना, राष्ट्रिय तथा अन्तरास्ट्रिय विमानस्थल, पर्यटन क्षेत्रको बिकाश,  रेल मेट्रोरेल तथा मोनोरेल विकास आयोजना, हुलाकिमर्गा ,रसुवागडीसडक, चुरे संरक्षण कार्यक्रम तथा जलबिधुत आयोजना गरी विभिन्न समयमा २३ वटा  राष्ट्रिय गौरबका आयोजना संचालन रहेका छन्। यस्ता आयोजना को छिटोछरितो कार्यसम्पन गर्न सके देशमा रोजगारीमा बृदि भइ प्रतिव्यक्ति आम्दानी बृदि हुने, श्रोत साधनको उच्चतम प्रायोग  हुन गइ ब्यापार घाटा कम हुने, ग्राहस्थ उत्पादनमा योगदान पुग्नुका साथै अर्थतन्त्रको तरलीकरण हुन गइ कृषि क्षेत्रमा औधोगीकरण हुन पुगी देशको  आर्थिक सम्बृदीको बाटो तय हुन्छ।यसका लागि उपयुक्त नीति, राज्यको स्पस्ट उधेश्य, जवाफदेहिता,लागत लाभमा आधारित बजेट, शुसासन, जनसहभागिता, श्रोत र साधनको उच्चतम प्रयोग, लगानीको  वातावरण, प्रभाबकारी नियन्त्रण, अनुगमन, सुपरीवेक्षण ध्यान दिनुपर्दछ।साथै अधुरा परियोजनालाई पर्याप्त पुजी तथा रणनीति  योजना बनाइ कार्यान्यन गर्नु पर्दछ।

राष्ट्रिय गौरबका ठुला आयोजना कार्यान्यन र संचालन गर्ने उपयुक्त नीति नहुनु, आयोजना निर्माणको मोरालिटी, कुल लागत, समयवाधि, जग्गाप्राप्ति/मुआब्जा पुनर्वास र बिस्तृत प्रतिबेदन जस्ता आधारभूत बिसय नभई राष्ट्रिय गौरबका आयोजना आगाडी बढाउनु, निर्माण व्यवसायीहरुको प्राविधिक, बित्तिय व्यवस्थापकीय क्षमता नहेरी ठेक्का लगाउनु, नियमित आनुगमन मुल्यांकन नगरिनु, प्राबिधिक जनशक्ति नहुनु, विभिन्न निकाय बीच उचित समयमा समन्वय हुन नसक्नु तथा प्रक्रियागत जटिलता रहनु, पर्याप्त बिस्लेसन बिना बजेट ल्याइनु, नेपालका अर्थतन्त्रका समस्या हुन्।

हालै हाम्रो छिमेकी मुलुक चिनमा देखिएको कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै प्रभाब पर्ने देखिन्छ। विश्वका करिब 147  देशमा वस्तु तथा सेवा प्रदानवाट बिदेशी मुद्रा आर्जन  गर्दै आएकोमा हाल उक्त्तरोगको प्रभाबले वस्तु तथा सेवा आपूर्ति बन्द गरेको छ भने अन्य मुलुकमा संचालनमा रहेका कम्पनीहरु वस्तु निर्माण का लागि आवश्यक सामग्रीको अभाबमा आफ्नो सेवा प्रदान गर्न नसकी बन्द हुने स्थितिमा पुगेका छन्। नेपालमा निर्माणधिन आयोजना मध्येका करिब ६० प्रतिशत ठेक्का  चिनले नै लिएको देखिन्छ। कतिपय आयोजनाका सुपरिबेक्षक, सुपरभाजर कोरोना भाइरसले  नेपाल आउन सकेका छैन न्भने आयोजनालाइ आवश्यक पर्ने बस्तु तथा कच्चा पदार्थ आयात गर्न सकियको छैन जसले गर्दा यस वर्प पनि पुजीगत खर्च कम भइ नेपालको अर्थतन्त्रमा प्रभाब पर्ने देखिन्छ भने बजेट ले राखेको लक्ष्य समेत  नपुग्ने  अनुमान गर्न सकिन्छ । अघिल्लो आर्थिक वर्ष विश्व अर्थतन्त्रको बृदिदर ३.५ रहेको र   यस वर्ष ३.६ प्रतिशत अनुमान गरियकोमा छिमेकी मुलुकमा देखियको कोरोना भाइरसले प्रत्यक्ष प्रभाब पर्नेछ। विश्व अर्थतन्त्रमा ठुलो हिस्स ओगटेको चिन यस रोगको कारण देशका सम्पूर्ण विमानस्थल तथा जल मार्ग समेत बन्दर हनु, वस्तु आपूर्तिमा बन्द गरिनुले विश्व अर्थतन्त्रमा ठुलो असर पुग्ने अनुमान लगाउन सकिन्छ ।

नबिन चापागाईं

WHO hand washing technique

About Navin Chapagain

Nabin chapagain.

Check Also

प्रदेस ५ सरकारद्धारा ३६ अर्बको बजेट प्रक्षेपण

नेपालको मध्यक्षेत्रमा अवस्थीत प्रदेस ५ हिमालदेखि तराईका १२ जिल्लाका १०९ स्थानिय तहहरुको भौतिक विकास, स्वास्थ्य, कृषि, वन, पर्यटन, सांस्कृतिक, शिक्षा, उद्योग, यातायात, जनशक्ति व्यवस्थापन रोजगारलगायतका क्षेत्रमा बजेट विनियोजन

Tweet
Share
Pin
Share