Breaking News
Home / बिचार / संघिय राज्य व्यवस्थाको अनुभव

संघिय राज्य व्यवस्थाको अनुभव

प्रदिप सुवेदी

लामो समयको संघर्षपूर्ण बलिदानबाट प्राप्त व्यवस्थालाई सफल अवतरण गराउदै गरेका स्थानीय सरकारको औचित्यता यो संकटले राम्रैसँग प्रमाणित गरिदियो।

यतिबेला मात्र हैन जब म प्रत्येक पटक जन्मस्थान स्याङ्गजा पिडीखोला वा नेपालको कुनै ग्रामीण क्षेत्रमा जान्छु केही न केही सकारात्मक परिवर्तन भैरहेको देख्छु। होला सचेको जस्तो परिवर्तन छैन त्यसमा दुईमत राखन्नु हुदैन दुईतिहाई सहितको कम्यूनिष्ट पार्टिको सरकार बनेको छ।

सरकार पक्षधर र विपक्ष दुवै मिलि समृद्ध नेपाल बनाउन एकभएर लाग्नुपर्छ। नेताहरू भष्ट्रचार र स्वार्थी भए भन्ने आरोप लाग्ने गरेको छ। यो एकदमै दुःखत पक्ष हो।

हामीसँग धेरै अवसर पनि छन्। चुनौती पनि। जनप्रतिनिधित्व गर्नेहरूले विश्वास आर्जन गर्नुपर्छ। मनोवैज्ञानिक रूपले विश्वास र सामाजिक पुँजी कमाएपछि समाज चलाएमान बनाउन सकिन्छ।

श्रोत, शक्ति, अधिकार, जिम्मेवारी र उत्तरदायित्वको वस्तुनिष्ठ निक्षेपण र प्रयोग हुनसके समृद्ध नेपाल धेरै टाढाको विषय छैन संघीयतामा। सबैभन्दा चुस्त एवं प्रभावकारी स्थानीय सरकार हुनुपर्छ।
तबमात्रै संघीय शासन प्रणालीको लाभहरु आमनागरिक समक्ष पुर्याउन सकिन्छ। उही एकात्मक प्रणालीको झल्को देखिने संघ, किर्ना जस्तो राज्य कोषको सेवन मात्रै गर्ने।

प्रतिफलमा शून्य भएको प्रदेश संरचना र न्यून आर्थिक, अवस्था प्रशासनिक एवं भौतिक स्रोत साधनले संचालित स्थानीय सरकार। संघको पुनर्संरचना गरि प्रभावकारी तर सानो आकार बनाउने, प्रदेश संरचनालाई समन्वयात्मक भूमिकामा मात्रै राखेर स्थानीय सरकारलाई थप अधिकार सम्पन्न र दक्ष बनाउने र संघीय सरकारको प्रशासनिक र राजनीतिक संगठन र व्यवस्थापन अनावश्यक, बृहत, अवैज्ञानिक र दोषपूर्ण छ।

यसलाई अधिक मात्रामा काटछाट गरि स्थानीय सरकारलाई पूर्णरूपले भौतिक र मानव शक्ति सम्पन्न गराउनुपर्छ तर विडम्बनापूर्ण हाम्रोमा १र२जना कर्मचारी स्थानीय सरकारमा समायोजन हुने डरले पुरै समायोजन प्रणाली नै प्रभावित बन्छ।

मेरो बिचारमा यसलाई बहुदलको बेफाईदा नै ठान्दछु समाजमा आशा लाग्दा मानिने युवाहरू बाटै सत्यलाई सत्य भन्न नसकेर पार्टिको मुख हेरेर न्याय र अन्याय छुट्टाउने प्रवृति जरैबाट नउखल्दा सम्म संघिय लोकतन्त्र व्यवस्थाको अनुभव जनताले पाउनेछौ।

नत विश्वमा संघियताको सहि व्यवस्थापन गर्दै यसको भावना बुझेर कार्यान्वयन गर्दा बरदान साबित भएर सभ्यता, विकास र आधुनिक समाजका हिसाबले धेरै मुलुकले काँचुली फेरेका उदाहरण पनि छन भने अर्को तर्फ संघियता व्यवस्थापन गर्न नसकी कतिपय मुलुक गृह युद्धमा फस्ने, मुलुक नै टुक्रिने र आर्थिक हिसाबले अत्यन्त कमजोर भएका उदाहरणहरु पनि प्रशस्तै छन्।

तसर्थ ऐतिहासिक परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत गर्दै मुलुकलाई सम्वृद्ध र विकासको बाटोमा अघि बढाउन नेपालले संघियतालाई सफल बनाउन संघियता सफल भएका मुलुकहरुको ईतिहास तथा अनुवभको अनुसरण गर्दै आफ्नै मौलिक तरिकाको संघियताको विकास र सुदृढिकरण गर्दै अघि बढ्नु आजको आवश्यकता हो।

यतिबेला सिंगो मानवजगत कोरोना भोईरसबाट जुधिरहेको बेला फ्रन्ट बेन्चमा कर्तव्यनिष्ठ भई आफ्नो कार्य जिम्मेवारी निर्वाह गर्ने स्थानीय सरकारका साथीहरूमा डाक्टरहरूप्रति नमन। 

(सुवेदी रुपन्देही खेलकुद विकास समिति सदस्य हुन)

WHO hand washing technique

Check Also

Corona_virus

नेपालको अर्थतन्त्र र कोरोना भाइरसले पारेको प्रभाब :

लामो समयको द्वन्दको समाप्ति पछि राजनीतिक स्थिरता कायम हुने, आर्थिक रुपान्तरणतर्फ राज्यको ध्यान केन्द्रित हुने, …

Tweet
Share
Pin
Share