Breaking News
Home / Featured / कृषिबाट कसरी सम्पन्नशाली बन्ने र अर्थतन्त्रमा कसरी योगदान पुर्याउन सकिन्छ

कृषिबाट कसरी सम्पन्नशाली बन्ने र अर्थतन्त्रमा कसरी योगदान पुर्याउन सकिन्छ

कृत्रिम तरिकाले खेतवाबारीमा अन्न रोपी त्यसलाई गोड मेल गरी अन्न उत्पादन गर्ने र पशुपालन, मत्स्य पालन तथा अन्य जीवजन्तुको पालन गर्नु नै कृषि हो। नेपालमा कुल जनसंख्याको ६५.६ प्रतिशत जनताहरु परम्परागत कृषि पेशमा छन् भने नगन्ने मात्रमा केहिले आधुनिक कृषि प्रणालीबाट कृषि उपज उत्पादन गरेका छन्। जसको कुल ग्राहस्थ उत्पादन मा २६.९८ प्रतिशत योगदान रहेको छ। उचित प्रकारको हावापानी भएको हिसाबले यहाँ कृषि व्यवसायको प्रचूर सम्भावना छ भने, सम्भावनाका हिसाबले कृषिमा नेपाल धनि मुलुक मानिन्छ । तराईका फाँटमा धान, मकै, गहुँ,उखु, केराखेती फस्टाउन सक्छ। हिमाली र पहाडी क्षेत्रमा ठूला ठुला सम्भावना बोकेका नदीका कारण कृषिलाई सिञ्चित गर्न र विद्युतीय माध्यमबाट खेती गर्न, जडीबुटीको उत्पादन गर्न सकिने सम्भावना रहेका छन्।

कुल जनसंख्याको करिब २ प्रतिशत मात्र कृषिमा पेशामा आधारित इजायलले  देशमा खाद्यान्न आपूति गरी विश्वका कुना कुनामा आफ्नो उत्पादन पुर्यउन सफल भएको छ भने नेपालमा ६५.६ प्रतिशत जनसंख्याले कृषि पेशा अगाल्दा पनि देशमा नपुगी कुल ग्राहस्थ उत्पादनको करिब ५८ प्रतिशत भन्दा बढी आयात गर्नु पर्ने स्थिति रहेको छ।

Agriculture in Nepal

 

कुनै समयमा विश्व बजारमा अत्यधिक बलिया र आर्थिक उपार्जनको रूपमा मानिएका आर्थिक क्षेत्रहरू समेत समय क्रम सँगै धराशायी बन्दै गएको औद्योगिक पृष्ठ भूमिमा कृषि यस्तो क्षेत्र हो, जो जीवन रहे सम्म रहन्छ , अर्थात जब सम्म कृषि छ तब सम्म जिबन रहन्छ ! उचित प्रविधिको प्रयोग गर्न सकियो भने कृषिले औद्योगिकलाई मात खुवाउन सक्छ। जसको उदाहरणको रूपमा भारतको पञ्जाव प्रान्त र कस्मिर लगायत क्षेत्रले कृषि मा गरेका विकासलाई लिन सकिन्छ । त्यस्तै कृषिमा उल्लेख्य फड्को मारेका चीन, कोरिया, इजयल बङ्लादेश जस्ता देशले आधुनिक प्रविधिको प्रयोगमा बढी जोड दिने गरेका छन्। देशले “समृद्ध नेपाल र सुखी नेपाली”  को नारा लिएर विकासको दिगो लक्ष्यमा अघि बढेको छ। प्रधानमन्त्रीको  प्रत्येक मन्तव्यमा “दिगो विकास र समृद्ध नेपालका लागि कृषिमा आधुनिकीकरण हुनुपर्ने”  मा सधैँ जोड दिइएको पाइन्छ। भने उत्पादन गरिएको वस्तुको भण्डारणमा उचित व्यवस्था समेत नहुने भएकोले किसान सस्तो मोलमा आफ्ना उत्पादनहरू बेच्न बाध्य हुने गरेका छन् । धूर्त बिचौलियाको शोषणमा किसान परेका छन्। गरिब किसानको भण्डारको अभावको फाइदा धूर्त बिचौलियाले उठाइरहेका छन्।

किसान आफ्ना उत्पादन मिहिनेतको मोल समेत नउठ्ने मूल्यमा बेच्न बाध्य भइरहेका हुन्छन तर बिचौलिया रातारात मालामाल भइरहेका हुन्छन्। यस्तो बेथितिको अन्त्यन भए सम्म कृषकको उत्थान, प्रगति, गरिबी निवारण र कृषिमा निर्भरताका हाम्रो दिवासपना सिवाय अरू हुन सक्दैन । यस्तो प्रवृत्तिले सानाकिसानको साथ साथै आम उपभोक्ता समेत मूल्य वृद्धिको चपेटामा पर्न बाध्यछन्। यसका लागि राज्यले किसानको उत्पादनमा सुरक्षा र लगानीमा ग्यारेन्टीको प्रत्याभूति विकास गर्न सक्नु पर्छ ।

कृषिबाट कसरी सम्म्पनाशाली बन्ने ?

हरेक मनिस बच्न गास आवश्यक हुन्छ जुन चिज कृषिबाट मात्र सम्भब छ।  नेपालमा करिब २ तिहाई मनिस प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा कृषिमा आधारित छन् जुन परम्परागत कृषि पेशा अगालेका छन् । यस परिपेक्षमा सबैभन्दा पहिले सोचमा परिवर्तन ल्याउनु पर्छ,  प्रविधिमा परिवर्तन ल्याउनु पर्छ, युवामा विदेश जादा लाग्ने लगानी त्यसको प्रतिफल र दिर्घकालिन कृषि पेशा अगाल्दा हुन आउने भविष्यको प्रतिफल बीच तुलना गर्न सक्ने सोचको बिकाश हुनुपर्छ, कामको सम्मन गर्न सक्ने भवनको बिकाश गरउनुपर्छ, सरकाले कृषि लगानी मैत्री वातावरणको बिकाश गर्न जरुर छ। सरकार रेमिटान्सको लोभमा होइन,  निर्यातमैत्री आम्दानीमा लोभिनु पर्छ। संभावित कृषि परियोजनामा निजि क्षेत्रलाई प्रोत्सान गर्नुपर्छ, अनि किसानको उत्पादित कृषि उपज को बजारमा पूर्ण प्रत्याभूति हुनुपर्छ ।

कृषिमा  सम्पन्न हुन चाहने व्यक्तिमा भबिष्य देख्नसक्ने क्षेमताको बिकाश गराउनु पर्छ ।जसअन्तर्गत आफु सग रहेको श्रोत साधन पूर्ण भएको महसुस गर्ने, सहनशीलता को बिकाश गर्ने, मनभित्रनै  उत्प्रेरणाको भावना बिकाश गर्न सक्नुपर्छ । आफु सग जे श्रोत छ त्यसको उच्चतम प्रतिफल आउने गरी श्रोतको परिचालन गर्नुपर्दछ । प्रत्येक कारोवारको पार्दर्शिक रुपमा हिसाबराख्नु पर्दछ जुन पछि निर्णय लिन सजिलो हुन्छ । समयको माग अनुसार कृषि उपज बजारमा उपलब्ध गराउन सक्नुपर्छ त्यसका लागि बजार बिश्लेशन गर्न सक्ने क्षमता बिकाश गराउनु पर्छ । उदारणका लागि देशका मुख्य बजारहरु अर्गानिक खाद्यासामग्रीको खोजीमा छ यस आवस्था मा गाउगाउ उपभोग गरेर रहेको खाद्या सम्मग्री  संकलन गरेर बजार सम्म ल्याउन सके पनि राम्रो आम्दानी प्राप्त गर्न सकिन्छ । आफ्नो सानो क्षेत्रमा उच्च प्रतिफल आउने बिउको छनोट गरी पहिलो वर्ष संचालन खर्च उठाउने गरी परियोजना संचालन गर्ने, प्रत्येक वर्ष जग्गा भाडामा लिएर वार्षिक  १० प्रतिशत मात्र आम्दानीमा बृदि गर्न सकेमा कृषिबाट सम्पन्नशाली बन्न सकिन्छ । त्यस्तै गरी सरकारले कृषि बिभागनै स्थापना गरी कृषि सामग्री,बिउबिजन, कृषि परामर्श सेवा निशुल्क तथा अनुदानमा कृषकलाई उपलब्ध गराउदै आयको छ यसको फाइदा लिए कृषिबाट सम्पन्न , बिदेशिदा हुनसक्ने जोखिम कम गर्न, बिदेशी पैसा स्वदेशमै आर्जन गर्न, बिदेशमा गर्ने दुख स्वदेशमै गरी देश जनता र भाबी सन्ततिको पूर्ण सुरक्षाको लागि कृषि पेशा आधुनिक बैज्ञानिक स्वस्छ सबल र सक्षम बनाउन कृषक सरकारको पूर्ण आवश्यक छ ।

नेपालको अर्थतन्त्रमा कृषिको योगदान पछिलो ५ वर्ष देखि घत्दोक्रमा रहेको छ हाल अर्थतन्त्रमा ३१.५ प्रतिशत कृषिको योगदान रहेको छ ।भने किसानले आधुनिक कृषि प्रणाली अबलम्बन गर्न सकेमा कृषि क्षेत्रले GDP बृदि हुन गइ प्रतिव्यक्ति आम्दानीमा बृदि हुने, रोजगारीमा बृदि भइ व्यारोजगरी दर घट्ने, बिदेशुनु पर्ने वाध्यतामा कमि भइ पारिवारिक सम्बन्धमा सुधार हुने, बिदेशी पैसा आर्जन गर्न सकिने, मानब विकास सूचांक मा बृदि जस्ता क्षेत्रको विकास भइ समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्दाछ ।

नवीन चापागाईं

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share