Breaking News
Home / देश/समाज / प्रहरीलाई कुटपिट गर्ने ५जना भारतीय नागरिक पक्राऊ

प्रहरीलाई कुटपिट गर्ने ५जना भारतीय नागरिक पक्राऊ

भंैरहवा । सिमा आवतजावतमा कडाई गरे रोकेको आक्रोशमा सोमवार सिमावर्ती मर्यादपुर थानाका भारतीय नागरिकले दुईजना नेपाली प्रहरीलाई नियन्त्रणमा लिई कुटपिट समेत गरी दुईघण्टापछि छोडिदिएको घटनाले सिमानामा थप उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

नेपाल प्रहरीका हवल्दार बशिष्ठ यादव र जवान ईश्वरी ज्ञवालीलाई सिमास्तम्भ ५५७ र ५५६को मध्य क्षेत्रमा गस्ती गर्दै गर्दा दिउसै सिमानाका भारतीयले नियन्त्रणमा लिएर अभद्र व्यवहार एवं कुटपिट गरेका थिए । भारतीयलाई नेपाल प्रवेश गर्न नदिई फर्काएको र अर्कोतर्फ शसस्त्र प्रहरीले भारतीय नागरिकलाई कुटेको भन्दै आक्रोशित भारतिय नागरिकले सिमामा गस्ती गरेका दुई प्रहरीलाई कुटेर बदला लिएका हुन ।

यसैविच नेपाली प्रहरीमाथि दुव्र्यवहार एवं कुटपिट गरेको आरोपमा ५जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतिय एसएसबीको सहयोगमा सुरक्षाकर्मीको उद्दार गरिएको र घटनामा संलग्न ५ जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्सेर जबराले बताए ।

भारत शोहरतगढ थाना खुनुवा चौकीको परसौना गाँउका गोरा मुसलमान, हरिषचन्द्र चौबे, पप्पु मुसलमान, र सब्बीर मुसलमान, शाहबुद्दिन मुसलमानलाई नियन्त्रणमा लिएको जानकारी पाएको कपिलवस्तुका सुरक्षा अधिकारीले बताएका छन् ।

प्रहरी कुटिएको खवरको घटनासंगै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पाण्डे सहितको नेपाली सुरक्षा टोलीले घटनास्थलको निरिक्षण गरी ततकालै भारत सिद्धार्थनगरका डिएम तथा एसपी एवं एसएसवीलाई जानकारी गराई सुरक्षाकर्मीको मनोवल गिराउने व्यक्तिलाई पक्राउ गरी कार्वाही गर्ने अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सूचना अधिकारी मनोज सैनीले जानकारीदिनुभयो ।

यसघटनाका कारण सिमामा सुरक्षा व्यवस्था अझ मजबुद बनाउनुपर्ने र थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने एवं आवश्यकता अनुसार म्यादी प्रहरी भर्ना गरी सिमामा तैनाथ गर्नुपर्ने अवस्था सिर्जना भएको मधेश मानव अधिकार गृहका संस्थापक अध्यक्ष एवं कपिलवस्तु नागरिक समाजका सल्लाहकार रविन्द्रनाथ ठाकुरले बताउनुभयो ।

सिमानामा म्यादी प्रहरी सहितको हतियारधारी सुरक्षाकर्मी तैनाथ हुदैं

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share