Breaking News
Home / जीवनशैली/स्वास्थ / कोरोना विशेष अस्पतालका मृतकको शब ११ दिनपछि उठयो

कोरोना विशेष अस्पतालका मृतकको शब ११ दिनपछि उठयो

कोरोना विशेष अस्पतालका मृतकको शब ११ दिनपछि उठयो

कृष्णप्रसाद ढकाल
बुटवल । कोरोना विशेष अस्पतालको आईसोलेसनमा मृत्युुवरण गरेका ३५ वर्षीय बाबुराम थापाको शब ११ दिनपछि परिवारजनलाई जिम्मा दिएको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा बुधवार परिवारजन, मानव अधिकारकर्मी, सामाजिक अभियन्ताको विशेष पहलमा उनको शवलाई आजै धार्मीक संस्कार अनुसार अन्त्यष्ठी गर्ने सहमती बनेको मानव अधिकार शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोविन्द खनालले जानकारीदिनुभयो । उक्त सहमतीसगै मृतकका परिवारलाई मन्त्रालयका अधिकारीले न्यायोचित सहयोग गर्ने आश्वासन दिएका छन् ।

कोरोना भाईरसको प्रभावका कारण देसभर जारी लकडाउनकाविचमा परिवारजन, मानवअधिकारकर्मी, संचारकर्मी, सामाजिक अभियन्ता, संसद, राजनैतिक दलहरुको प्रत्यक्ष परोक्ष सामुहिक पहलमा वारम्वार प्रदेस सरकारसँगको भएको छलफलपछि उक्त सहमती जुटेको हो । प्रादेशीक अस्पतालको मुर्दाघरमा राखिएको थापाको शवलाई बुधवार साझ परिवारजनले बुझी अन्त्येष्ठी गर्न लगदैछन ।

ज्वरो आएका युवाको अकाल्मै ज्यान गएको र अर्कोतर्फ मृतकको शव ११ दिनसम्म उठन नसक्दा यसघटना समाजको धेरैको चासो र साझा मुद्दा बनेको थियो । प्रदेस सरकारप्रति आलोचना बढेको थियो ।

उक्त सहमतीसगै मृतकका परिवारलाई मन्त्रालयका अधिकारीले न्यायोचित सहयोग गर्ने आश्वासन दिएका छन् ।

विदेश दुबईबाट चैत ६ गते नेपाल घर आएका पाल्पा घर भई रुपन्देही सैनामैना नगरपालिका वडा नं. ७ मुर्गीयामा डेरा गरी बस्ने वर्ष ३४ का बाबुराम थापाको आईसोलेसन अस्पतालमा उपचारका क्रममा यहि चैत १६ गते मृत्यु भएको कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारीदिए ।

वैदेशिक रोजगारीबाट फर्कनै क्रममा बाटोमै ज्वरो आएको र घरमा आएपछि मुर्गीया बजारस्थित स्थानिय मेडिकलबाट औषधी सेवन गर्दा ठिक नभएपछि उनी चैत १३ गते प्रादेशीक अस्पताल बुटवलमा उपचार गर्न आएका थिए । प्रादेशीक अस्पतालले उनीलाई कोरोना अस्पतालमा रिफर गरेको थियो । अस्पतालमा भर्ना भएको तिनदिनपछि उनको आईतबार मृत्यु भएको थियो । उनको पत्नी रिता, आमा बुवा, दुई दाई र दुईजना सन्तान साना बालबालिका रहेका छन् । उनको मृत्युको कारण गहिरोसंग अनुसन्धान भएको र उनको स्वाब ल्याव टेष्ट रिपोट नेगेटिभ आएको स्वास्थ्यकर्मीले जानकारीदिएका थिए ।

WHO hand washing technique

Check Also

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Tweet
Share
Pin
Share