Breaking News
Home / देश/समाज / सांसदले भने सरकारले नै कोरोना फैलायो

सांसदले भने सरकारले नै कोरोना फैलायो

कृष्णप्रसाद ढकाल

भैंरहवा । सरकार संवेदनशिल नहुदा र व्यवस्थापनको कमजोरीका कारण कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिन पुगेको प्रदेस ५का सांसदहरुले चिन्ता जाहेर गरेका छन् ।

प्र्रधानमन्त्री केपी शर्मा ओलीले यो देसमा रोगले कोही मर्दैन र भोकले पनि कोही मर्दैन भनेपनि आज देसका नागरिकहरु कोरोना भाईरसको संक्रमणबाट मर्ने र रोगसंग लड्नु परेको घटना आउनुमा सरकारकै चरम लापर्वाही देखिएको सासंदहरुले औल्याएका छन् ।

विगत २७ महिनामा पनि प्रदेसको नाम र राजधानीको केन्द्र तोक्न असफल प्रदेस ५ प्रदेससभाको छैटौं अधिवेशनको पहिलो बैंठकमा शुक्रवार सहभागी सासंदहरुले उक्त चिन्ता जाहेर गरेका हुन । प्रदेससभाको बैंठक अस्थायी राजधानी बुटवलमा जारी छ ।

सरकारको कमजोरीका कारण सिमानामा अलपत्र परेका व्यक्ति मात्रै नभई सवै नेपालीहरु भोक र रोगबाट ग्रसीत हुने स्थिती सिर्जना आएको कुरा मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानाकारीदिए बताउदैं संवेदनशिल भई यथाशिग्र व्यवस्थापन गर्न अपील गर्दागर्दैपनि हाम्रो भनाईलाई वेवास्ता गर्दा अहिले यो दुरदसा भोग्नुपर्नेस्थिती आएको कुरा सांसद विरेन्द्र कनौडियाले प्रदेससभा बैंठकमा धारणा राख्नुभएको थियो ।

सिमाक्षेत्रमा अलपत्र परेको नागरिकको यथाशिग्र न्यायोचित व्यवस्थापन गर्नुपर्ने, कोरोना संक्रमीत बिरामीहरु दिनदिने बढेका छन तर आइसोलेसन वेड छैन, जाच गर्ने किटको अभाव देखिएको छ । कोरोना देखिएको छ महिनामा वितिसक्दा पनि सरकारको कुनै व्यवस्था गर्न नसक्नु साह्रै दुःखको कुरा हो । समस्याको समाधान गर्नतर्फ सरकार गंभीर नदेखिएको प्रतिपक्षी दलका सासंदहरुले आरोप लगाएका छन् ।

सांसदहरुले भारतमा रेल संचालन हुन थालेसंगै सिमानाकामा हजारौ नेपालीहरु अलपत्र परिरहेको, आईसोलेसन वेड र किटको अभाव देखिएको, सानो र थोरै जनसंख्या भएको देसमा पनि सरकारले समयमै व्यवस्थापन गर्न नसकेको भन्दै प्रदेस सांसदले सरकारको कार्यशैलीप्रति आपती जनाएका छन् ।

क्वारेन्टाईनमा स्वास्थ्यकर्मीको उपस्थितीमा खाना, बस्ने राम्रो प्रवन्ध मिलाउन, बाहिरबाट आउने र क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको तुरुन्तै स्वाव परिक्षण गर्न, प्राप्तमात्रामा किटको व्यवस्था गर्न, परिक्षणको दायरा बढाउन, संक्रमीत बिरामीहरुका लागि आवश्यक आईसोलेसन एवं आईसीयु वेड व्यवस्थापन गर्ने कार्यमा सरकारको हेलचक्राई एवं लापर्वाही देखिएको सांसदहरुले टिप्पणी गर्दै औल्याएका थिए ।

सासंद नियमावली बमोजिम सासंदहरुलाई कार्यव्यवस्था परामर्शको आचार संहीत पालना गर्दै सिमित सासंदहरुलाई ४३ मिनेट मात्रै बैंठकमा बोल्न दिईएको नेपाली काँग्रेसका नेता एवं सांसद कनौडियाले जानकारीदिनुभयो ।

उक्त बैंठकले कोरोना भाइरसबाट देस एवं विदेसमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै संक्रमीत व्यक्तिहरुको शिघ्र स्वास्थ्यको लाभको कामना समेत गरेको छ ।

यसैगरी उक्त बैंठकमा पाँचौ अधिवेशनबाट २०७६ फागुन १८ गते पारित नेपालको संविधान वमोजिम प्रदेससभा बैंठकले पारित सुशासनको प्रत्याभूत गर्ने सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको परमाणीकरण प्रति टेवल गरिएको थियो । पारीत विधेकलाई प्रदेस प्रमुख धर्मनाथ यादवले चैत १४ गते प्रमाणीकरण गर्नुभएको व्यहोरा जानकारी गराईएको थियो ।

प्रदेस सरकार मन्त्री परिषदको जेठ १ गतेको निर्णय अनुसार छैटौं अधिवेशनको पहिलो बैंठक शुक्रवारबाट सुरु भएको हो । यो अधिवेसनको बैंठकले प्रदेस सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नेछ ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share