Breaking News
Home / Featured / गुगौली गाऊमा कोरोनाको आपतमा अर्को विपद आयो

गुगौली गाऊमा कोरोनाको आपतमा अर्को विपद आयो

गुगौली गाऊ

कपिलवस्तु । कपिलवस्तुको पश्चिमी क्षेत्र विजयनगर गाउपालिका वडा नं. १ गुगौली गाऊवस्तीमा लागेको भिषण आगलागी पिडितलाई नेपाल बाल संगठन तथा पशुपति अन्नपुर्णा आश्रम कपिलवस्तुले राहत स्वरुप लताकपडा उपलव्ध गराएको छ।

आगोलागिबाट त्यसक्षेत्रम केहिदिनअघि २५ वटा घर टहरा जलेर क्षति भएको जिल्ला दैविक प्रकोप समिती एवं ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।

घरवार विहिन उनीहरुलाई नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष राजुप्रसाद अर्याल, पशुपति अन्नपुर्णा आश्रम कपिलवस्तुका अध्यक्ष रामप्रसाद अर्याल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रतिनिधि गणेश खडकासहितको टोलीले पिडित परिवारलाई १६ थानका दरले लगाउने ओडने कपडा वितरण गरिएको जनाएको छ । उक्त कपडाहरु कपडा बैंकमा जम्मा भएको र वालगृहबाट उपलव्ध गराएको अध्यक्ष राजु अर्यालले वताए ।

कपिलवस्तु । कपिलवस्तुको पश्चिमी क्षेत्र विजयनगर गाउपालिका वडा नं. १ गुगौली गाऊवस्तीमा लागेको भिषण आगलागी पिडितलाई नेपाल बाल संगठन तथा पशुपति अन्नपुर्णा आश्रम कपिलवस्तुले राहत स्वरुप लताकपडा उपलव्ध गराएको छ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share