Breaking News
Home / देश/समाज / प्रहरीद्वारा उच्च निगरानीमा मर्चवार

प्रहरीद्वारा उच्च निगरानीमा मर्चवार

हृदयराम गुप्ता
मर्चवार २६ चैत्र। रुपन्देही नजिक भारतको कोल्हुई क्षेत्रमा देखिएको कोरोनाका संक्रमण पछि कोल्हुई क्षेत्रको नजिक सीमाना संग जोडिएको मर्चवार क्षेत्र प्रहरीकद्वारा उच्च निगरानीमा राखिएको छ ।

मर्चवार क्षेत्रको मर्चवारी गाउँपालिका १ खैराघाटबाट करीब ४ किमिको दुरी रहेको कोल्ुहई क्षेत्रमा २१ गते शुक्रबार ६ जनामा देखिएको कोरोनको संक्रमण पछि भारत संग जोडिएको रुपन्देहीको सबै नाकाहरुमा कडा निगरानी गरिएको हो ।

नेपाल सरकारले गरेको लकडाउन भएपनि भारत संग खुल्ला सीमाना रहेकोले विभिन्न चोरबाटो भएर भारतमा रोजगारीका लागि गएका नेपालीहरु तथा सीमा क्षेत्रका किसानहरुले भारतको नजीक शहरहरुमा दुध र तरकारी बिक्रि वितरण गर्नकोलागि आवतजावत भइरहेको जानकारी आएपछि अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोलीले कडाईका साथ बोर्डरमै बसेका छन् ।

रुपन्देहीको करीब ६० किमिको दुरी भारतको सीमासंग जोडिएको छ । उक्त क्षेत्र अन्तर्गत सबै साना ठुला नकाहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त समन्वयमा एक प्रहरीले आर्को प्रहरीलाइ हेर्ने गरी आउनेजाने गतिविधिलाई निगारी गरिरहेको सशस्त्र प्रहरी उपरिक्षक तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख तेज पोख्रेलले बताए । उनका अनुसार भारतबाट नेपाल र नेपालबाट भारत तर्फ कोही पनि जान नसक्ने गरी मर्चवारमा थप जवान खटाएर साना ठुला नका देखि गोरेटोबाटो समेत निगरानी गरिएको छ ।

कोरोना भाइरसको संक्रमण एक ठाउँबाट अर्को ठाउँसम्म सर्न नदिन नेपाल भारत दुबै देशको संयुक्त सक्रियमा सीमालाई सशक्त बनाइएको रुपन्देहीको प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता खडक बहादुर खत्रीले बताए । उनका अनुसार विभिन्न ठाउँमा रहेको प्रहरी चौकीहरुका जवानहरुलाई सशस्त्र प्रहरी बलको समन्वयमा एकले अरुलाई हेर्न गरी खटाइएको साथै स्थानीय तह, युवा क्लब लगायत अन्य संघ संस्था संग समन्वय गरी सीमालाई कडा निगरानीमा रखिएको छ । लकडाउन सुरु हुने बित्तिकै कोरोनबाट बच्न विभिन्न किसिमका सतर्कता अपनाउन माइकिङ्ग समेत गरिएको खत्रीले बताए । अहिले कोरोनाको महामारी सबैको सझा समस्या हो । सबैले यसको बिरुद्धमा एकजुट भएर अवश्यक कदम चाल्नु पर्ने आग्रह गरका छन् ।

मर्चवारी गाउँपालिकाले प्रहरी तथा विभिन्न संघ संस्था संग समन्वय गरी कोरोना संक्रमण रोकथामको लागि दिन रात खटिएको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले बताए । गाउँपालिकाले यस्तो विपद्को समयमा गाउँपालिका भित्रको सबै गरीब परिवारहरुमा राहत सामाग्री समेत वितरण गरिरहेको बनियाले बताए । उनले भने ‘भारत तथा तेस्रो मुलकबाट आएका सबैलाई कोरोना संक्रमणबारे राम्रो संग चेकजाँच गरी राम्रो संग ब्यवास्थापन गरी क्वारेन्टाइनमा रखेका छौँ ’। पालिकाको सुरक्षाको लागि गाउँपालिकाले सबै संग समन्वय गरी गर्न तयार रहेको अध्यक्ष बनियाले बताए ।

मर्चवारमा जिल्ला प्रशासन कार्यालय प्रमुख, नेपाल प्रहरी जिल्ला प्रमुख, सशस्त्र प्रहरी जिल्ला प्रमुख लगायत नेपाल आर्मी समेत नियमित अनुगमन गरिरहेको छ ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share