Breaking News
Home / Featured / प्रदेस ५ मा ३५५ आईसोलेसन वेड तयार

प्रदेस ५ मा ३५५ आईसोलेसन वेड तयार

प्रदेसमा कोरोनाका शंकास्पद सवैजना बिरामीको रिपोट नेगेटिभ

भैरहवा। प्रदेस ५मा शुक्रवारसम्म कोरोनाका शंकास्पद सवैजना बिरामीको स्वाब परिक्षण रिपोट नेगेटिभ आएको छ।

प्रदेस स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेस ५ बाट कोरोना भाईरसको लक्षणसंग मिल्दोजुल्दो भएका शंकास्पद ७३ जना बिरामीहरुको स्वाब परिक्षणका लागि पठाएकोमा शुक्रवारसम्म ७१ वटाको नतिजा नेगेटिभ आएको र २ वटाको रिपोट केन्द्रिय प्रयोगशालाबाट आउन बाँकी रहेको जनाएको छ।

 

प्रदेस सरकारले प्रदेसका सवै १२ वटा जिल्लाका मुख्य सरकारी एवं नीजि अस्पतालहरुलाई कोरोनाका बिरामीहरु भर्ना गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको दावी गरेको छ। प्रदेसका मुख्य शहरहरु रुपन्देही, दाङ बाके, वर्दीयाका मुख्य अस्पतालहरुमा ३५५ वटा आईसोलेसन र केहिले भ्यान्टीलेटर सहितको आईसियु वेड तयार भईरहेको प्रदेस ५ को स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारीदिनुभयो।

प्रदेस ५ सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रकोप रोकथाम एवं नियन्त्रणका लागि विशेष सतर्कता अपनाउदैं पुर्व तयारीमा सक्रियता देखाएको छ।

यसैविच प्रादेशीक अस्पतालले बुटवलको धागो कारखानामा ३६ वेडको अस्थायी कोरोना अस्पताल निर्माण गरि संचालनमा ल्याएको छ। भैरहवा भिम अस्पतालमा ३५ वेड, युनिर्भसल मेडिकल कलेजमा १० वेड, केन्द्रिय आयुर्वेद विधापीठ दाङमा ३०, भेरी, नेपालगंज, कोहलपुर अस्पतालमा ६÷६ वटा, वर्दीयाको खजुरा, कपिलवस्तुलगायत ३५५ वटा आईसोलेसन वेडहरु तयार भएको र आवश्यकता परे प्रदेसभित्र एक हजार बेडहरु तयार गर्नसक्ने क्षमता रहेको प्रदेस सरकार सामाजिक विकास मन्त्रालयका अधिकारीहरुको दावी छ। हाल प्रदेसमा स्थानिय नीजि ४ वटा र सरकारी १३ वटा अस्पतालहरुमा कोरोनाका विरामीहरु भर्ना गर्ने तयारी एवं व्यवस्था मिलाईएको प्रदेस ५का स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. विनोद गिरीले जानकारीदिनुभयो।

यसैविच भैरहवाको भिम अस्पतालमा कोरानाका विरामीहरुको उपचारका लागि आईसीयु सहितको छुटै ३५ वेडको बल्क तयार गरिएको अस्पतालका सूचना अधिकारी गोपाल  उपाध्यायले जानकारी दिनुभयो।

कोरोना भाइरसको प्रभाव बढेसंगै बिरामीहरुका लागि अस्पतालभित्रै फिभर किल्निक स्थापना गरी सेवा प्रदान गर्दै आएको मेडिकल सुपरीटेन्डेन्ट डा. नविन दर्नालले बताउनुभयो।

अस्पतालमा दैनिकजसो ज्वरो, रुघाखोकी, टाऊको दुखेका २०–२५ जना विरामीहरु आउने गरेकोमा जटिल देखिएका ५–७ जनालाई वेडमा भर्ना गरी उपचार गर्दै आएको डा. दर्नालले जानकारीदिनुभयो।

कोरोनाको शंका लागेका विरामीहरुको स्वाब टेष्टका लागि केन्दीय प्रयोगशाला टेकु पठाउदै गरेको र अहिलेसम्म सवैको रिपोट नेगेटिभ आएको उनले बताए। यस अस्पतालमा भर्ना भई उपचार गरेका सवै बिरामीहरु सवै निको भई जाने गरेको कुनै समस्या नदोरिएको उनले बताए।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share