Breaking News
Home / देश/समाज / प्रदेश पार्षद इमरान खानकाे अगुवाईमा अति बिपिन्न, गरिब तथा दैनिक ज्यालादारलाई राहत वितरण

प्रदेश पार्षद इमरान खानकाे अगुवाईमा अति बिपिन्न, गरिब तथा दैनिक ज्यालादारलाई राहत वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे मायादेवी गाँउपालिका वडा नं. १ मा रहेकाे Youth Welfare Society काे सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश नं.५ प्रदेश पार्षद तथा कपिलवस्तु सन्देश पत्रिकाका कपिलवस्तु प्रमुख इमरान खानकाे अगुवाईमा कपिलवस्तु नगरपालिका वडा नं.१ वडा नं. ३ तथा बसन्तपुर लगायतका ठाँउहरुमा अति बिपिन्न, गरिब तथा दैनिक ज्यालादार (मजदुर) १८ घर परिवारलाई १० किलाे जिरा मसिनाे (साबा मन्सुरी) चामल, दाल, नुन, तेल लगायतका खद्यान सामग्रीहरु वितरण गरेकाे छ ।

साथै हाम्रा सुरक्षाका लागि दिनरात खटिएका सुरक्षाकर्मीहरुलाई चाउचाउ, पानि लगायतका सामग्रीहरु सहयोग गरेकाे छ ।विश्वव्यापी महामारीकाे रुपमा रहेको काेराेना भाईरस (Covide-19) संक्रमणले कैयाैँ देशलाई प्रभाव पारेकाेले नेपालमा पनि यसकाे ठुलाे प्रभाव पारिरहेकाे अवस्थामा उक्त बाल कल्याण समाजकाे सहयाेग तथा सहकर्मी इमरान खानकाे अगवाईमा गरेकाे सहयाेग प्रति जनसमुदायले खुशी ब्यक्त गरे ।

साे अवसरमा आवश्यक परेको हरेक क्षेत्रमा सेवा सुविधा पुऱ्याउन दिनरात संस्थाको प्रयासमा संस्थाका अध्यक्ष मोहम्मद वकिल मुसलमान सक्रिय रहेको संस्थाका सदस्य मेवा लाल यादवले बताए । त्यस्तै यस महामारीको समयमा जुन सुकै क्षेत्रमा राहत नपाएका वास्तबिक पीड़ित परिवारले संस्थाको सम्पर्क नं.९८०३८४२५६४ मार्फत जानकारी गराएमा सक्दो राहत सामग्री घरमै पुर्‍याई दिने पनि संस्थाका उपाध्यक्ष वलिउद्दिन मुसलमानले जानकारी दिए । कलामुद्दिन मुसलमान लगायतले राहत सामग्री वितरणमा सहयोग गरेका थिए ।

 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share