कोरोना भाइरस (covid 19) को संक्रमणबाट दक्षिण छिमेकी देस भारत उतर प्रदेस राज्यको क्याविनेट मन्त्री कमला रानी वरुणको उपचारका क्रममा निधन भएको छ।
भारतको स्वास्थ्य विभागले जुलाई १८ मा मन्त्री रानीलाई कोरोना संक्रमण पुष्टि गरेको र उनको लखनउस्थित एसजीपीजीआईमा भर्ना भई उपचार जारी रहेकै अवस्थामा आईतवार विहान निधन भएको बीबीसी अनलाईन हिन्दी संस्करणले जनाएको छ।
मृतक मन्त्रीको निधनप्रति युपीका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्नुका साथै आफ्नो अयोध्या जाने कार्यक्रम स्थगित गरेको स्रोतले बतायो।
भारतीय जनता पार्टी (भाजपेयी) को तर्फबाट सन् २०१७ मा विधायकमा कानपुर घाटमपुरमा चुनावी प्रतिस्पर्धा गरेकी उनी युपीको सरकारमा गतवर्ष क्याबिनेटमन्त्री बनेकी थिईन।