Breaking News
Home / Featured / अक्सीजन व्यवस्थापनमा सेना परिचालन

अक्सीजन व्यवस्थापनमा सेना परिचालन

कृष्णप्रसाद ढकाल

भैरहवा। नेपाली सेनाको स्काई ट्रक मार्फत शनिवार दिउसो भैरहवामा एकसय २० थान अक्सीजन सिलिन्डरहरु आएका छन्।

नेपाली सेनाको टोलीले विराटनगरदेखि अक्सीजन भरिएका उक्त सिलिन्डरहरु गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा स्काई ट्रक (मालवहाक जहाज)ले दुई पटकमा ल्याईपुराएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारीदिनुभयो।

यसैविच रुपन्देहीको अक्सिजन प्लान्टहरुमा शनिवार साझदेखि सेना परिचालन भएका छन्।

अक्सीजनाको हाहाकार भएसंगै यहाँ नेपाल प्रहरीले अक्सीजन सिलिन्डर संकलन तथा अनुगमन गरिरहेको थियो।

अक्सिजन प्लान्टमा परिचालित प्रहरीले व्यवस्थापन गर्न कठिन भएपछि शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा निकायसहितका सरोकारवालाको संयुक्त बैठकले सेना परिचालन गर्ने निर्णय भएको हो।

अक्सीजनको अभावभएपछि विहिवार रुपन्देहीमा १६ जना कोरोना संक्रमीतको मृत्यु भएपछि हिजो भारतबाट समेत शंकर ग्यासले उद्योगले ५०० सिलिन्डर लिक्वीड अक्सीजन भंसार छुट गरेर भित्रीको थियो।

अक्सिजनको उत्पादन र वितरण प्रक्रिया सहज गर्न सवै विकल्पहरु खुला राख्नुकासाथै चौतर्फी रुपमा हरपल प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

रुपन्देही जिल्लामा शंकर अक्सिजन ग्यास प्रा.लि. छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रा.लि. तिलोत्तमाले व्यवसायीक रुपमा अक्सिजन प्लान्ट राखेर उत्पादन गर्दै आएका छन्।

यी तीनवटा उद्योगहरुले दैनिक एकहजार एकसय ५० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको बताईन्छ।

अक्सिजनको माग बढ्दा उपभोक्ता, विरामीका आफन्तजनहरुको सिधैं उद्योग प्लान्टमा दिनरात लाइनमा वसी खोसाखोस सिलिन्डर लिने गरेका छन्।

अस्पताल, स्थानिय जनप्रतिनिधीहरु, कर्मचारीहरु पनि अक्सीजन प्लान्टमा धर्नादिएर सिलिन्डर लिने गरेका छन्।

शंकर ग्यास अक्सिजन प्रा.लि. रूपन्देही छिपागढका प्लान्ट सञ्चालक शंकरलाल अग्रवालले अक्सिजन ढुवानी गर्ने ट्यांकको अभावले चाहेको परिमाणमा भारतबाट लिक्वीड अक्सीजन आयात गर्न नसकिएको गुनासो गर्नुभयो।

कोरोनाका बिरामीको संख्या बढेसंगै रुपन्देहीमा थप दुई अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्न लुम्विनी प्रदेस सरकारको स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको छ।

देवदह मेडिकल कलेज र बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल –आम्दा)ले संक्रमितको उपचार गर्न थालेका छन्।

प्रादेशीक अस्पताल बुटवल, कोरोना विशेष अस्पताल बुटवल धागो कारखाना, भिम अस्पताल भैरहवा र युसीएमएस मेडिकल कलेजले गतवर्षदेखिनै संक्रमितको उपचार गर्दै आएका छन्।

अस्पतालमा बिरामीका लागि वेड खाली छैन भने अर्कोतर्फ अक्सीजन अभाव देखिन्छ।

यसैविच लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१ हजार नाघेको छ।हालसम्म कोरोना पोजेटिभ एक हजार ४० जनाको मृत्यु भईसकेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रवार एकैदिन २९ जनाको ज्यान गएको जनाएको छ।

सोहिदिन एकहजार ६२९ संक्रमित थपिएका छन् भने प्रदेशमा हालसम्म ४१ हजार ४९८ कोरोना संक्रमणमुक्त भएका छन्।

प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १९ हजार बढी रहेकामध्ये करिव १८ हजार जना होम आईसोलेसनमा र एकहजार २७९ जना उपचारार्थ विभिन्न अस्पतालमा रहेको निर्देशक डा. विनोद गिरीले जानकारीदिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share