Breaking News
Home / Featured / सामुदायिकको अध्यक्षमा राजेन्द्र पुनः चयन

सामुदायिकको अध्यक्षमा राजेन्द्र पुनः चयन

 

भैैरहवा। दुर्गा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सिद्र्धाथनगरको शनिवार सम्पन्न वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ।

उक्त साधारणसभा एवं अधिवेशनले अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ लगायतको टिमको योगदानलाई उच्च मुल्यांकन गर्दै पुनः जिम्मेवारी दिएको छ।

सामुदायिक सेवा केन्द्रमा बरिष्ट उपाध्यक्षमा मधुसुदन अर्याल, उपाध्यक्ष युवा समाजसेवी तथा नेता अजय कुमार गुप्ता र महासचिव शैलेन्द्र कुमार तुलाधर चयन भएका छन्।

यसैगरी सचिवमा शान्ता कण्डेल, कोषाध्यक्षमा नन्दकिशोर यादव, सहकोषाध्यक्षमा आनन्द न्यौपाने र सदस्यहरु सुखबहादुर आले, शेरबहादुर थापा, कल्पना ज्ञवाली, लक्ष्मी सिंह, रस्मी कोईराला, रबिना भण्डारी चयन भएको केन्द्रले जनाएको छ।

उक्त साधारणसभामा एवं अधिवेशसनमा रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रविण पोखरेलले उदघाटन गर्नुभएको थियो।

एसपी पोख्रेलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सामुदायिक प्रहरी एवं स्थानिय नागरिकले खेल्नुपर्ने भुमिकाकाबारेमा आफनो धारणा राखेका थिए।

यसैगरी उक्त अवसरमा शसस्त्र प्रहरी बलका डिएसपी निराकार शुक्ला, संस्थापक अध्यक्ष संजय बजिमय, समाजसेवी नारायण अग्रवाल, सिनपा ३ का वडा अध्यक्ष थानेश्वर पौडेल, ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा उपसभापति दिपक क्षेत्री न्यौपाने, साहित्यकार वनमाली निराकार, समाजसेवी ओमकार गौचन, सल्लाहकार अजय कुमार गुप्ता, किशोरपुर गाउ समाजका अध्यक्ष पुरन सिंह राना लगायतले शान्ति सुरक्षा र प्रहरीको भूमीकाका बारेमा आ–आफनो विचार राखेका थिए।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने प्रकाशचन्द्र अग्रवाल, रेखा तुलाधर, समाजसेवी ओमकार गौचनलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

केन्द्रका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सचिव शैलेन्द्र कुमार तुलाधरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष नन्दकिशोर यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष मधुसुदन अर्यालले स्वागत गर्नुभएको थियो । यसैविच दुर्गामन्दिर परिसर दुर्गाकलोनि सिद्वार्थनगरमा यकता महिला समुह दुर्गाकलोनिको सकृयतामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

सिद्धार्थनगरमा हिमाली सामुदायिक सेवा केन्द्र जस्तै सिद्धार्थ सामुदायिक, वेलहिया सामुदायिक र दुर्गा सामुदायिक सेवा केन्द्रले शान्ति सुरक्षामा प्रहरीलाई सहजीकरण गर्ने र घरेलु पारिवारीक मेलमिलापमा विशेष भूमीका खेल्दै आएका छन्।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share