Breaking News
Home / Featured / स्वास्थ्यकर्मीको बास काँग्रेसको कार्यालयमा !

स्वास्थ्यकर्मीको बास काँग्रेसको कार्यालयमा !

 

भैरहवा। कोरोना भाइरसको नयाँ भेरियन्टका विरामीको उपचारमा सक्रिय रहेका स्वास्थ्यकर्मी एवं चिकित्सकलाई नेपाली काँग्रेस रुपन्देहीले आफनो पार्टी कार्यालय बासस्थानका रुपमा दिएको छ।

कोरोनाको लडाईमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको आत्मबल बलियो बनाउदैं अन्य बिरामीहरुको सुरक्षीतढंगले प्रभावकारी सेवा विस्तार गर्ने उद्देश्यले नेपाली काँग्रेस रुपन्देहीले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि काँग्रेसको भैरहवास्थित दुईतलो विपि स्मृति भवन, पार्टी कार्यालय परिसर र सभाहल समेत दिएको पार्टीले जनाएको छ।

पार्टीको आन्तरिक सहयोग एवं लगानीमा काँग्रेसले कार्यालयमा स्वास्थ्यकर्मी, चिकित्सकका लागि २५ बेड तयार गरेको छ।

स्वास्थ्यकर्मीहरुले आवश्यकता र औचित्य अनुसार काँग्रेसको कार्यालय अस्थायी आईसोलेसनका रुपमा समेत प्रयोगमा ल्याउन सक्नेछन्।

भिम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई अस्थायी रुपमा आवासको लागि दिइएको काँग्रेस रुपन्देहीका सभापति जिल्ला सभापति एवं पूर्वमन्त्री अव्दुल रजाकले जानकारीदिनुभयो।

बुधबारबाट पार्टी कार्यालयमा रुटिङ अनुसार केहि स्वास्थ्यकर्मी रहने व्यवस्था भईरहेको भिम अस्पताल प्रशासनले जनाएको छ।

कोरोना महामारी बढेसँगै अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भैरहेको अवस्थामा यसअघि नै काँग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितकोलागी आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो।

स्वास्थ्य संस्था एवं अस्पतालका बिरामीको उपचारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोना महामारीमा असुविधाका विच कष्टपुर्णढंगले सेवा दिईरहेकाले मानवीय कार्यका निम्ती काँग्रेसले पार्टीको भवन दिने निर्णय गरी अन्य आवश्यक सहयोगको लागि तयार रहेको जिल्ला सचिव रामकृष्ण खाँणले बताए।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share