Breaking News
Home / Featured / सरकार ! जिम्मेवार बनेर उपभोक्ता हित संरक्षण गर

सरकार ! जिम्मेवार बनेर उपभोक्ता हित संरक्षण गर

भैरहवा। बजार अनुगमन फितलो र प्रभावकारीढंगले कानुन कार्यान्वयन नहुदा उपभोक्ताको स्वास्थ्य खराब र अर्कोतर्फ बजारमा व्यवसायीद्वारा कालो बजारी बढेको चिन्ता प्रकट गर्दै भैरहवाका जिम्मेवार उपभोक्ताले त्यस्ता प्रवृतिलाई नियन्त्रण गर्न सम्वन्धीत निकाय गंभीर बनेर लाग्न आग्रह गरेका छन्।

लुम्विनी प्रदेस उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाद्धारा सोमवार विश्व अधिकार दिवसको अवसरमा आयोजित उपभोक्ता हित सम्वन्धी अन्तरक्रिया एवं सचेतना गोष्ठीमा सहभागीहरुले उपभोक्ताको स्वास्थ्य सवालमा चासो र चिन्ता व्यक्त गर्दै उक्त कुरा औल्याएका हुन।

‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ यसवर्ष मार्च १५ तारिखमा विश्वभरी उपभोक्ता अधिकार दिवस मनाइएको छ।

अहिले प्लाष्टिकबाट संसार नै दुखी छ। नेपालमा उक्त नाराका साथै उपभोक्ता हित संरक्षण कार्यान्वयनमा खाचोका सवालमा विशेषढंगले चासो राखी कार्यक्रम गरिएको छ।

उक्त अवसरमा निर्देशनालयका प्रमुख एवं निर्देशक यम बहादुर कुँवर, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितीका संयोजक कृष्ण बहादुर खडका, उपभोक्ता हित संरक्षण अभियन्ता तेज कुमार पाठकले उपभोक्ता हितका आधारभूत विषय र प्रचलीत विधमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

कालो बजारी अन्त्य र गुणस्तरीय वस्तुको उपभोगमा, संम्वन्धीत निकाय गंभीर भएर अनुगमनलाई तिव्रता दिदै दोषी उपर ततकालै दण्ड सजाय गर्दा मात्रै उपभोक्ताको हित संरक्षणमा टेवा पुग्ने सहभागी वक्ताहरुले जोड दिएका थिए।

उक्त कार्यक्रममा संचारकर्मी, उद्योगी व्यवसायी, सचेत उपभोक्ता, प्राध्यापकलगायत १५ जना सहभागीहरुले आफनो धारणा राखेका थिए।

सहभागीले उठाएका सवाल एवं जिज्ञासाहरुलाई निर्देशक कुबरले सहजढंगले उपभोक्ताको हित संरक्षणका बारेमा बुझाउने प्रयास गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिती रुपन्देहीका अध्यक्ष एकराज विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, प्रहरी उपरीक्षक प्रवीण पोख्रेल, घरेलु तथा साना मझौला उद्योग महासंघ रुपन्देही अध्यक्ष नेत्र कुमार पाठकले उपभोक्ता हित संरक्षणको सवालमा आआफनो धारणा राखेका थिए।

 

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share