Breaking News
Home / Featured / अक्सिजन सकिदा १६ बिरामीको मृत्यु !

अक्सिजन सकिदा १६ बिरामीको मृत्यु !

 

अस्पतालमा अक्सिजनको हाहाकार : अक्सिजन सकिदा १६ बिरामीको मृत्यु !

कृष्णप्रसाद ढकाल

भैरहवा। लुम्विनी प्रदेसको राजधानी मुकाम रुपन्देहीका अस्पतालहरुमा अक्सीजन सकिदा १६ जना बिरामीहरुको अकालमै मृत्यु भएको छ।

अस्पतालमा भर्ना भएका बिरामीहरुमध्ये बुधवार अक्सिजन नपाउदा भैरहवाको भिम अस्पतालमा ७ जना, बुटवल कोरोना विशेष अस्पतालमा ५ जना र युनिर्भसल शिक्षण अस्पतालमा ४ जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

मृतक रुपन्देहीवासी भएको र उनीहरुको उमेर ३२ देखि ७० वर्षका ४ पुरुष र ३ महिला रहेको स्वास्थ्यकर्मीले जानकारीदिए।

भीम अस्पतालमा उपचारका क्रममा थप अक्सीजन नपाउदा लुम्बिनी सांस्कृतिक नगरपालिका ११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउपालिका २ का ७० वर्षीय पुरुष, रोहिणी गाऊपालिका ३ का ५८ वर्षिय पुरुष र सियारी २ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ।

यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. ४ र ८ का ४४ वर्षिय दुईजना महिला, सिद्धार्थनगर ७ की ६५ वर्षिय महिलाको अक्सीजन नपाउदा ज्यान गएको छ।

कोरोना पोजेटिभ देखिएका उनीहरुलाई अस्पतालले अक्सीजन दिएर उपचार जारी राखेको थियो। अक्सीजन सकिएको १५ मिनटभित्रै उनीहरुको मृत्यु भएको स्वास्थ्यकर्मीले बताए।

अस्पतालले हिजो नै अक्सिजन नभएको कुरा प्रहरी प्रशासन, स्थानिय र प्रदेस सरकार तथा माथि मन्त्रालयलाई जानकारी गराएका थियो।

उनीहरुबाट राम्रो रेस्पोन्स भएन, अक्सीजनको भरका बिरामीहरु फटाफट मर्न थालेका छन् । भिम अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. शकुन्तला गुप्ताले भन्नुभयो।

बिरामीलाई वेड, औषधी भन्दा पहिला अक्सीजन नै चाहिन्छ। अक्सीजन नै नभएपछि आईसीयुमा रहेका बिरामीलाई कसरी बचाउने ?

अक्सीजनको व्यवस्थापन मिलाउदा मिलाउदै ४ जनाको निधन भएको र अन्य ३ जनाको भने स्वास्थ्य अवस्था खतरा नै थियो अस्पतालका स्वास्थ्यकर्मीले जानकारीदिए।

भिम अस्पतालमा ८६ जना कोरोना पोजेटिभ विरामीको उपचार जारी छ।

यसैगरी बुटवल कोरोना विशेष अस्पतालको आइसियु कक्षमा उपचाररत ५ जना बिरामीको अक्सीजनको अभावमा ज्यान गएको छ।

अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले १ महिला र ४ पुरुषको ज्यान गएको बताए। मृत्यु हुनेमा २९, ५२, ५४, ४४ र ५२ वर्षीय कोरोना संक्रमित विरामी भएको उनले जानकारीदिए।

यसैगरी भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा पनि अक्सीजनको अभाव विगत २४ घण्टामा ४ जनाको निधन भएको छ।

युसिएमएसमा गैडहवा गाँउपालिका ७ की ४० वर्षिय महिला र तिलोत्तमा नगरपालिका १३ का ३२ वर्षिय पुरुषको ज्यान गएको अस्पतालका जनसम्पर्क अधिकृत शुशील गुरुङले बताए।

प्रहरी प्रशासन र अस्पतालको चरम लापवाहीका कारण विरामीको मृत्यु भएको पिडितले आरोप लगाएका छन्।

अर्कोतर्फ बुधवार विहान यसक्षेत्रमा हावाहुरी सहितको वर्षाका कारण केहिसमय विद्युत आपुर्ती बन्द भएको थियो भने।

अक्सीजन सप्लायर्स कम्पनी शंकर अक्सिजन उद्योगबाट अस्पतालमा अक्सिजन आउन ढिलाई गरेको थियो। भिम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले अस्पतालमा विरामीको चाप वढेको र सोही अनुपातमा अक्सिजन कमी रहेकोले व्यवस्थापन गर्ने प्रयास भईरहेको बताए।

युनिभर्सल शिक्षण अस्पताल भैरहवाका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत हुने गरेकोमा विरामीको चाप बढेको र मागअनुसार आपूर्ति हुन नसकेको हुदा बुधबारसम्मलाई जेनतेन बढो मुस्कीलले चलाएको बताए।

विरामीहरु भर्ना लिन छोडेका छौं, अस्पतालका विरामीहरुलाई कसरी वचाउने भन्ने चिन्ता छ, हिजो मध्ये राती प्रशासन र गृहलाई गुहारेर चितवनदेखि १० जम्बो सिलिन्डर अक्सीजन ल्याएका थियौं।

त्योपनि सकिनै आट्यो। प्रमुख प्रशासकीय अधिकृत ढकालले भने। अस्पतालमा २२५ जना कोरोनाका विरामी र अन्य प्रकृतिका विरामीहरुको पनि युनिर्भसलमा उपचार भइरहेको छ।

युसिएमएस अस्पतालमा कोरोना संक्रमीत १ सय ८० जनालाई अक्सिजनको सहायतामा उपचार भइरहेको छ।

उक्त अस्पतालमा एकघण्टामा झण्डै ४०-४५ सिलिण्डर खपत हुने विरामीलाई हाईफ्लोको अक्सिजन दिनुपर्ने अवस्था रहेको जनसम्पर्क अधिकृत शुशील गुरुङले वताए।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share