Breaking News
Home / Featured / अपवित्र गठवन्धन सरकार भन्दा चुनावमा जाऔं : अध्यक्ष थापा

अपवित्र गठवन्धन सरकार भन्दा चुनावमा जाऔं : अध्यक्ष थापा

भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा कम्युनिष्टले बहुमतको सरकार चलाउन नसकेपछि अपवित्र गठवन्धनको सरकार बनाउनुभन्दा राजनैतिक सहमतीमा चुनावी मार्गमा जान उपयुक्त हुने बताएका छन्।

बुटवलमा आयोजित मिडिया नेपालको राष्ट्रिय भेलामा सहभागी हुन आएका नेता थापाले शुक्रवार भैरहवामा पत्रकार सम्मेलन एवं कार्यकर्ता भेटघाट कार्यक्रममा उक्त कुरा वताउनु भएको हो।

अपवित्र गठवन्धनको सरकार बनाएर देस चलाउने की नयाँ जनादेसमा जाने भन्ने कुराको प्रतिपक्ष दल नेपाली काँग्रेसको कोर्टमा बल छ। पूर्व उपप्रधानमन्त्री कमल थापाले अगाडी भने। नेकपाको विग्रहले मुलुकमा बहुमत सरकार ढल्ने, राजनैतिक अस्थिरता, अशान्ति, समृद्धको मार्गमा ठेस लागेको छ।

जनताले काँग्रेसलाई सरकारमा जाने म्यानडेट दिएका छैनन। यसपाली जनताले काँग्रेसलाई प्रतिपक्ष बनाएर पठाएका हुन। थापाले अगाडी भने। र अर्कोतर्फ जनताले काँग्रेसलाई नेकपा फूटाऊ र अपवित्र गठवन्धन गरेर सरकारमा जान भनेका छैनन।

त्यसैले अवको उपयुक्त बाटो काग्रेसलाई मात्रै होईन सबैको लागि संविधानको ७६ (७) बमोजिम मध्यावधी चुनावमा जादा राम्रो हुनेछ।

केपी ओलीले संविधानको गलत बाटोमा गएर प्रतिनिधीसभा विघटन गरेका थिए। त्यसैले अब सरकार बनाउन सांसद किनवेच गर्ने फोहोरी खेल खेल्नु भन्दा राजनैतिक सहमतीमा नै नयाँ चुनावमा जान उनले जोड दिए।

राप्रपा महामन्त्री दीपक बोहोरा, जिल्ला उपाध्यक्ष एवं युवा नेता अजय कुमार गुप्ता, धर्म बहादुर केसी लगायत छिमेकी जिल्ला कपिलवस्तु, नवलपरासीका समेत नेता एवं कार्यकर्ताहरु उक्त कार्यक्रममा सहभागी थिए।

WHO hand washing technique

Check Also

मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

कपिलवस्तु। संघिय सरकारले अस्ती बजेट बाडफाड गर्दा बर्दिया र कपिलवस्तु जिल्लालाई छुटाएपछि कपिलवस्तुवासीले सरकारले विभेद …

Tweet
Share
Pin
Share