Breaking News
Home / Featured / देस अस्थिरतातर्फ जान लागेकाले संसद विघटन गरे : प्रधानमन्त्री ओली

देस अस्थिरतातर्फ जान लागेकाले संसद विघटन गरे : प्रधानमन्त्री ओली

 

कृष्णप्रसाद ढकाल

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले देश अस्थिरतातर्फ जान लागेको र सरकारलाई काम गर्न नदिएपछि बहुमत प्रधानमन्त्रीको हैसियतले आफुले प्रतिनिधी सभा विघटन गरेको खुलासा गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशद्वारा शनिवार बुटवलमा आयोजित जनसभामा प्रधानमन्त्री ओलीले उक्त कुराको खुलासा गरेका हुन ।

वर्तमान संविधान अनुसार प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी संसद विघटन गरिएको नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उक्त जनसभामा आफनो धारणा सुनाउनुभयो।

सरकारले निर्वाचनको मिती घोषणा गरेर चुनाव गर्ने तयारीमा अगाडी बढीसकेकाले प्रतिगमन नभई नया ताजा जनादेस लिने अग्रगामी कदम भएको बताउनुभयो।

संसद पुनस्थापना भए देसमा झन अस्थिरता बढ्ने सासंदहरु खरिद बिक्री हुने, अनेक आन्दोलन विद्रोह सिर्जना हुने अवस्था आउने बताउदैं ओलीले भने। ‘अदालतले फर्काउने छैन् भन्ने मलाई विश्वास छ, वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिती घोषणा गरि नयाँ जनमतमा जादा स्थायित्व कायम हुन्छ।’

  • ‘जनताको बीचमा जाने र निर्वाचन गर्नु कहाँबाट ‘प्रतिगमन’ हुन्छ ? चुनावमा नगई तपाई कस्तो व्यवस्था खोज्न चाहनुहुन्छ ?’ उनले प्रतिप्रश्न गरे।

अदालतले पनि अस्थिरता हुननदिनका निम्ती सरकारको निर्णय वमोजिमनै नयाँ ताजा जनादेसका पक्षमा सकारात्मक निर्णय गर्नेमा विस्वास रहेको ओलीले बताए।

यसैगरी दावी गर्दै उनले भने ‘अब मान्छेको टाउको देखाएर होइन, मतपत्रमा खसेको मत ल्याएर देखाउँछौं।’ प्रचण्ड–माधव पक्षको झुक्याईमा अब जनता नपर्ने चेतावनी दिदै नेपाली जनतलाई झुक्याउने समय अब नरहेको बताए।

  • केही व्यक्ति पार्टीबाट चोइटिएर गएपछि पार्टी गतिशील, एकताबद्ध र पार्टीभित्र शुद्धीकरण भएको अध्यक्ष ओलीको तर्क थियो।

सरकारले सवै किसिमका पिडितहरुलाई उपयुक्त राहत दिने र पीडित घरका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने वताए। प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध बनाउन युवाहरुको काँधमा ठूलो जिम्मेवारी रहेकोले कसैको भ्रम, अलमलमलमा नपरी देश विकासको महान अभियानमा सरिक हुन आग्रह गरे।

सरकारलाई बदनाम गर्न खोज्ने अपराधी तत्वहरु पानीमुनी गएपनि नछाड्ने उनले वताए।

  • निर्मला पन्त, भागरथी भट्ट लगायतको हत्यामा संलग्नलाई कारवाही गरेरै छाड्ने उनले आश्वासन दिए।

प्रचण्ड–माधव पक्षको कार्यक्रममा प्रधानमन्त्री ओलीको गालीपूराण मात्र भएको उनको टिप्पणी थियो। विरोधीले जति विरोध गरेपनि देश बनाउने अभियान नरोकिने बताए। ‘सूर्य’ चिन्ह कहीं नजाने आश्वासन दिदै ओलीले नेता तथा कार्यकर्तालाई ढुक्क रहन आग्रह गरे।

उक्त जनसभामा नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनताले नेकपा पार्टी फुट्न दिंदैनन भन्नुभयो। पार्टी भित्रका केही स्वार्थीहरु मात्रै पार्टीबाट बाहिरिएको उनले बताए।

यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको कडा आलोचना गरेका थिए।

  • मुख्यमन्त्री पोख्रेलले अध्यक्ष केपी शर्मा ओलीलाई डाढमा टेकेर टाउकोमा हान्ने प्रयास गर्दा प्रचण्ड–माधव आफै सडकमा पछारिएको बताए।

यसैगरी जनसभामा नेकपा नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्टलगायतले समेत प्रचण्ड–माधव समूहको विरोधी धारणा राख्दै ओली कदमको समर्थन गरेका थिए।

नेकपा ओली समूहको शनिवार बुटवलमा आयोजित लुम्विनी प्रदेसस्तरीय जनसभामा सहभागी नेता कार्यकर्ता एवं सर्वसाधारण ।
WHO hand washing technique

Check Also

चुनावको नसामा भैरहवाका व्यापारी

सिद्धार्थ उद्योग वाणिज्य संघमा पदाधिकारीहरु सवै ८ जना, वस्तुगत, एसोसिएट र वाणिज्य महिला सदस्य निर्वीरोध निर्वाचित हुने भाग्यमानी...

Tweet
Share
Pin
Share