Breaking News
Home / Featured / ‘आमासंग भेट गराईदिनु, दस हजार पुरस्कार लिनु’

‘आमासंग भेट गराईदिनु, दस हजार पुरस्कार लिनु’

छपिया। रूपन्देहीको सियारी गाउँपालिका–५ बन्घुसरी, (छपिया–बैदौली)बाट एक साता देखि हराएकी वृद्ध महिला अझै फेला नपरेपछि उनको परिवार चिन्तामा ढुवेको छ।

यहि पौष २० गतेदेखि हराएकी ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको परिवारले आमाको खोजी गरिदिन सबैसँग अनुरोध गरेका छन्।

धेरैकुरा बिर्सने समस्याका कारण लहटीएर बाटो बिराएर हराएर वेपता भएकी आमालाई देख्न भेटेर घरमा खवर गरिदिने जुनसुकैलाई उचित सम्मान एवं पुरस्कार समेत गर्ने बताएका छन्।

आमासँग भेट गराइदिनेलाई दशहजार रूपियाँ पुरस्कार समेत दिने छोरा मञ्जिल सुवेदीले बताए।

मीठो बोली भएकी, छोराहरूको नाम र आफ्नो घर बन्घुसरी एवम् छपिया भएको बताउन सक्ने र चिया पिउन रूचाउने उनको एकसातादेखि धेरै ठाउँमा खोजी गर्दा समेत नभेटिएको भन्दै परिवारले चिन्ता प्रकट गर्दै दुःखेसो पोखेका छन्।

घरबाट निस्कँदा कालो–पहेंलो लुंगी, हल्का रातो सल, स्विटर, कालो ऊनको टोपी र निलो चप्पल लगाएकी वृद्ध महिलाई २२ गतेतिर हरैया क्षेत्रका बासिन्दाले देखेको बताए पनि अहिलेसम्म फेला पार्न र सम्पर्कमा नआएको छोरा सुवेदीले जानकारीदिनुभयो।

वृद्धा आमाको उद्दार तथा कल्याणका लागि नजिकैको प्रहरी, सञ्चारमाध्यम वा आफ्नो मोबाइल ९८५७०३९९९२ मा खबर गरी सघाउ पुरयाइदिन सुवेदीले अनुरोध गरेका छन्। – मुक्तीनाथ गैह्रे

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share