Breaking News
Home / Featured / लुम्विनी प्रदेसमा गठबन्धनकातर्फबाट मुख्यमन्त्री केसीले पाए विस्वासको मत

लुम्विनी प्रदेसमा गठबन्धनकातर्फबाट मुख्यमन्त्री केसीले पाए विस्वासको मत

भैरहवा। लुम्विनी प्रदेशमा नेकपा एमालेको चर्को विरोध एवं प्रदेससभा बहिस्कारका विच सोमबार मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन्।

माओवादी संसदीय दलका नेता केसी नेपाली काँग्रेस, जसपा उपेन्द्र यादव समूह एवं राष्ट्रिय जनमोर्चाको साथ र समर्थन साउन २७ गते मुख्यमन्त्री बनेका थिए।

केसीले मुख्यमन्त्री पदमा नियुक्ती भएको १२ औं दिनका दिन गठवन्धन दलका ४२ सासंदको विस्वासको मत बटुलेका छन्। लुम्विनी प्रदेसमा हाल ८० जना सांसदले वंैधानिकता पाएका छन्।

एमालेको एकलौटी ३७ मत रहेका छन्। एमालेले प्रदेससभा वहिस्कार गरेको थियो भने उपसभामुख कृष्णी थारु तटस्थ बसेकी थिइन।

नेपालको संविधानको धारा १८८ को उपधारा १ अनुसार केसीले प्रदेश सभामा पेश गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेको सभामुख पूर्णबहादुर घर्तीले प्रदेससभाको सदनमा जानकारीदिएका थिए।

एमालेले सूर्य चिन्हबाट निर्वाचित सांसदहरू अजय शाही र विमलाकुमारी खत्रीमाथि कारबाही गरी प्रदेससभासदस्यबाट पदमुक्त नगरून्जेल सदन चल्न नदिने बताउँदै चारदिनदेखि सदन अवरुद्ध गरेको थियो भने सोमबार सदन वहिस्कार गरेको थियो।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८को उपधारा (२) बमोजिम लुम्विनी प्रदेसमा कुलप्रसाद केसीलाई साउन २७ गते विहिवार मुख्यमन्त्री नियुक्त गरेका थिए भने ततकालै गठवन्धनको तर्फबाट ६ जना मन्त्रीलाई समेत सपथ ग्रहण गराएका थिए।

गठवन्धन दलभित्र सत्ता समिकरणसंगै मन्त्रालय बाडफाड एवं मन्त्री चयनमा सकस देखिएको छ।

WHO hand washing technique

Check Also

अक्सीजन व्यवस्थापनमा सेना परिचालन

अक्सिजन प्लान्टमा परिचालित प्रहरीले व्यवस्थापन गर्न कठिन भएपछि शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा निकायसहितका सरोकारवालाको संयुक्त बैठकले सेना परिचालन गर्ने निर्णय

Tweet
Share
Pin
Share