Breaking News
Home / Featured / मुख्यमन्त्री पोख्रेल विरुद्ध अविश्वास !

मुख्यमन्त्री पोख्रेल विरुद्ध अविश्वास !

भैरहवा। नेकपा माओवादी र नेपाली काँग्रेस सहित विपक्षी गठवन्धनका ४ दलले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको मंगलबार तेस्रोपटक अविश्वास प्रस्ताव राख्दै प्रदेश प्रमुख अमिक शेरचन समक्ष प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन्।

अलपमतमा रहेका मुख्यमन्त्री पोख्रेलले संविधान विपरीत सरकारमा बसी बजेट समेत प्रदेससभाबाट पास नगरी अध्यादेस मार्फत चल्न खोजेको आपती जनाउदैं विपक्षी दलहरु वैकल्पीक नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गर्न प्रदेस प्रमुखसंग आग्रह गरेको नेपाली काग्रेस संसदीइ दलका नेता विरेन्द्र कनौडियाले बताए।

नवआगन्तुक प्रदेस प्रमुख शेरचनलाई विपक्ष दलहरुले आईतवारदेखि नियमित भेटघाट गरी प्रदेस सरकार अवैधानिक रहेको र पोख्रेलले छलछाम कपटी जालझेलबाट सरकारमा बसिरहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव राखी नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन्।

विपक्षी गठवन्धनले यसअघि वैशाख १९ गते अविश्वासको प्रस्तावको फेस नगरी मुख्यमन्त्री पोख्रेलले अकस्मात राजिनामा गरी छलकपटगरी पुन मुख्यमन्त्री बनेका थिए। 

मुख्यमन्त्रीले विस्वासको मतको सामना गर्न डराएर भागेको नेपाली काग्रेस प्रदेसभाका सचेत फकुरुद्दिन खानले वताए। 

प्रदेस सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले सरकारसंग बहुमत रहेको र आवश्यक परेका वखत भविश्यमा विस्वासको मत लिने बताए।

लुम्विनी प्रदेशसभामा कुल ८७ जना सांसदमध्ये हाल ८०जना कायम भएका छन्।

जनता समाजवादी ठाकुरपक्षका ३ जना र माओवादी केन्द्रका २ जनालाई पार्टीले कार्वाही गरेपछि उनीहरुले सासंद पद गुमाएका छन भने २ जनाले राजिनामा दिएका छन्।

जसपाका ३ मन्त्रीको सांसद निलम्वीत भएपछि सरकार संकटमा परेको छ। अहिले सतापक्ष एमालेसँग ३९ जना सांसद छन त्यसमा पनि माधव नेपाल झलनाथ खनाल समूहका सांसदले क्रसफोलर गर्ने खतराहुदा मुख्यमन्त्री प्रदेससभामा फेस गर्न सकेका छैनन। 

विपक्षी चार गठवन्धन दलका सांसदहरु एकजुट भएर सरकार परिर्वतनको पक्षमा वैशाखदेखि कडा संघर्ष जारी राखेका छन्।

नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई संविधानमा भएको व्यवस्था अनुसार अगाडी वढ्ने वताए।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share