Breaking News
Home / Featured / प्रहरी विनम्र हुने तर कमजोर नहुने : आईजीपी शैलेश थापा

प्रहरी विनम्र हुने तर कमजोर नहुने : आईजीपी शैलेश थापा

भैरहवा। नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई विन्रम हुन तर कमजोर नहुन निर्देशन दिएका छन्।

स्थानिय समुदाय एवं उद्योगी व्यापारीहरुको सक्रिय सहभागितामा निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको भैरहवामा नवनिर्मीत भवनको आईतवार उदघाटन मन्तव्यमा महानिरीक्षक थापाले उक्त धारणा व्यक्त गर्नुभएको हो।

प्रहरीको एकतर्फी प्रयासले मात्रै नभई आमनागरिकको सहयोग विना समाजमा अपराध नियन्त्रण असंभव हुने उनले बताए।

नागरिकको सहयोग एवं समन्वयमा यस सिद्धार्थनगर बुद्धभूमीमा कावुलको जस्तो ठूलो सुरक्षा फोर्स सडकमा नदेखाई वैज्ञानिक तवरमा स्वचालितढंगले सुरक्षा प्रदान गर्ने सोच एवं रणनीतिमा आफू लागेको उनले बताए।

‘सडकमा विछ्ट्टै धेरै प्रहरी देखिनु भनेको राम्रो होईन, नेपथ्यमा प्रहरी रहोस्।

नागरिक समुदायको महत्वपुर्ण भूमीकाबाटै स्वचालित सुरक्षीत वातावरण सिर्जना गरौं। प्रहरी महानिरीक्षक थापाले भने। अहिलेको तथ्याङकमा एकजना ट्राफिकले १६सय गाडी हेर्नुपर्ने देखिन्छ।

दैनिक सडक दुर्घटनाबाट ७ जनाको मृत्यु र ५८ जना घाईते भएका छन्। यो स्थितीको घटना न्यूनिकरण गर्नका लागि प्रहरी भन्दा स्वयम नागरिकनै बढी जिम्मेवार हुन उनले आग्रह गरे।

कुनै विपतमा पर्दा मानिसको मुखबाट पहिला भगवान, दोस्रोमा आमा–बुबा अनि प्रहरीलाई नै गुहार्ने गरेको घटनाहरु दर्साउदैं उनले भने, ‘अहिले भगवान पाउन असंभव छ, कतिपयको आमाबुवा हुनुहुन्छ वा हुनुहुदैन होला।

यदि आमा–बुबा भएपनि आफैंसंग विपतमा परेको हुनसक्छ। त्यसैले आखिरमा प्रहरी नै अग्रपंक्तीमा रहेर सेवा गरिरहनुपरेको छ। २४सै प्रहर प्रहरी जनताको विस्वासमा काम गर्न ततपर र सक्षम छ।’

उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेसका अध्यक्ष एवं भवन निर्माण समितीका संयोजक कृष्णप्रसाद शर्माको सक्रिय सहभागितामा नागरिक समुदायको सहयोगमा एक करोड ५१ लाखको लागतमा साडे दुईतले भवन निर्माण सम्पन्न भएको हो।

सिद्धार्थनगर नगरपालिकाले अंचलपुरमा ३ गट्टा सार्वजनिक जग्गा प्रदान गरेसंगै २०७६ साल जेठ ३ गते नगरप्रमुख हरि अधिकारीले शिलान्यास गरी भवनको निर्माणको कार्य सम्पन्न गरी आईतबार आईजीपी थापाबाट भवन उदघाटन गरी चापी हस्तान्तरण गरिएको छ।

उक्त समारोहमा लुम्विनी प्रदेस प्रहरी कार्यालयका प्रमुख डिआईजी रविन्द्र बहादुर धानुक, निर्माण समिती संयोजक कृष्णप्रसाद शर्मा, निर्माण समितीका कोषाध्यक्ष मंगल भण्डारी, प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, नगरप्रमुख हरि अधिकारी, भवन निर्माण अनुगमन समिती संयोजक ओमकार गौचन, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी, पश्चिमाञ्चल वस व्यवसायी यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले ट्राफिक भवन निर्माणको आवश्यकता, औचित्य एवं निर्माण कार्यमा सहयोग गर्नेहरुको बारेमा आफनो अनुभव सुनाएका थिए।

उक्त कार्यक्रममा संघीय प्रहरी कार्यालयका एसएसपी शुशील कुमार यादव, एसपी प्रविण पोख्रेल, ट्राफिक प्रहरीका एसपी डम्वर बहादुर वि.क, ट्राफिक प्रहरी निरीक्षकत्रय वेद बहादुर पौडेल, महेश बस्नेत, दिवस बहादुर जिसीलगायत नागरिक समाज, उद्योगी व्यवासायी प्रतिष्ठानहरुको सहयोग समन्वय र हातेमालोमा उक्त भवन निर्माण सम्पन्न भएको निर्माण समितीका उपाध्यक्ष चन्द्रमणी अधिकारी (रामु)ले जानकारी दिनुभयो।

यसैविच आईजीपी थापाले उक्त समारोहमा लुम्विनी प्रदेश ट्राफिक प्रहरीले तयार गरेको ‘ट्राफिक नियम’ गिती एलबमको विमोचन समेत गरेका थिए। भवन निर्माण सहयोग गर्नेहरुलाई सम्मान एवं प्रशसापत्र समेत प्रदान गरिएको छ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share